सरकारले मुलुकमा सुशासन दिन सकेन :- हुमागाई

93

पवन महरा
वैशाख २८ डोटी,
वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले आरोप लगाएका छन् । नेपालि काङ्ग्रेस डोटीको आयोजनामा शनिवार सायल गाउपालिकामा आयोजना गरेको कार्यक्रममा वोल्दै सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताउनुभएको हो ।

सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको समेत उहाले बताउनु भयो । वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

उहाँले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने समेत केन्द्रिय सदस्य हुमागाईले उल्लेख गर्नुभयो ।

जागरण अभियान कार्यक्रममा वोल्दै नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य भरत खड्का, जिल्ला सभापति प्रदिप देउवा , महिला संघ डोटीकी अध्यक्ष माया कुवँरले , क्षेत्रिय सभापति विजय खड्काले अहिलेको सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाएका छन् । यसले देशको निकास दिन नसक्ने समेत वताएका थिए ।
नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीले सञ्चालन गरेकाका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांगे्रसकानेता धर्मराज जोशिलेराख्नु भएको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...