प्रहरी बहु उद्देश्यीय भवनको उद्घाटन

31

योगेन्द्र बलायर
डोटी २७ वैशाख
प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको वहुउद्देश्यीय भवनको आज उद्घाटन भएको छ । भवनको उद्घाटन प्रहरी अतिरिक्त महानिरिक्षक ठुले राइले गरेका हुन् ।

भवन २०७४ साल मंशिर देखि निर्माण कार्य सुरु भइ २०७५ फागुनमा सम्पन्न भएको प्रहरी तालिम केन्द्रका वरिष्ट उपरिक्षक रामकृपाल साहले वताए । तालिम केन्द्रको आन्तरिक आम्दानी ९ लाख पचास हजार र अन्य श्रमदान गरि अठार लाख २० हजार लागतमा भवन निर्माण सम्पन्न भएको प्रहरी वरिष्ट उपरिक्षक साहले वताए ।

त्यसैगरी तालिम केन्द्रको भौतिक अवस्था अन्य ठाउको तालिम केन्द्रको तुलनामा अभाव र जिर्ण रहेको जानकारी गराए । साथै प्रहरी प्रधान कार्यालयवाट भौतिक संरचनामा विशेष ध्यान दिनु पर्ने आग्रह गरे । उद्घाटन समारोहमा प्रहरी अतिरिक्त महानिरिक्षक ठुले राइले जागिर अवधिभर प्रहरिले गर्ने अतिरिक्त क्रियाकलाप मध्य निर्माण भएको यो भवनले भावि पुस्ताका लागि सम्झिन लायक काम भएको बताए ।

अहिले पनि तालिम केन्द्र लगायत जिल्लामा भवनको अभाव रहेको उल्लेख गर्दै अतिरिक्त महानिरिक्षक राइले विभिन्न दातृ संस्थाको सहयोगमा प्रहरी प्रधान कार्यालय भौतिक विकासका लागि लागिरहेको वताए । प्रहरी तालिम केन्द्रले महत्वपूर्ण प्रहरी जनसक्ती तयार गरिरहेको योगदानको स्मरण गराउदै प्रहरी संगठनको सफलता सवै प्रहरीमा हातमा रहेको कुरा वताए । साथै अतिरिक्त राइले तालिम केन्द्रको निरिक्षण तथा अवलोकन गरेका थिए ।

उद्घाटन समारोहमा भवको आयव्य जानकारी प्रहरी नायव उपरीक्षक सागर वोगराले गराएका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रहरी प्रमुख सुरज के सि, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विद्यानन्द माझी लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...