बिद्यालय स्तरिय पढाइ मेला सञ्चालन

227

पवन महरा
डोटी २७ बैशाख
भैरव माध्यामिक विद्यालयमा विद्यालय स्तरिय पढाइ मेला सञ्चालन गरिएको छ । आदर्श गाउँपालिका– १ बाँझमा पर्ने उक्त विद्यालयमा पढाइको गुणस्तर वृद्धि गर्न र बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्ने उद्देश्यका साथ पढाइ मेला सञ्चालन गरिएको हो ।


नेपाल सरकारको समन्वय तथा वल्र्डभिजिनको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले सहजिकरण गरिरहेको शिक्षा परियोजना, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत विद्यालय संगको सहकार्यमा मेलाको आयोजना गरिएको हो ।
सरकारी तथा सामुदायिक विद्यालयहरूमा अभिभावकहरूको सहभागिता बढाउन आदर्श गाउँपालिका अन्तरगतका विद्यालयमा पढाइ मेला सञ्चालन गरिदै आएको छ । गाउँपालिका अन्तरगतका १५ वटा विद्यालयमा पढाइ मेला आगामी जेठ महिनासम्म सम्पन्न हुने सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।


पढाइ मेलामा विद्यालयमा अध्ययन गरिरहेका बालबालिका र उनीहरूका अभिभावक, शिक्षाप्रेमी र छिमेकी विद्यालयका शिक्षकहरूलाई आमन्त्रण गरी शिक्षासम्बन्धी गतिविधिका बारेमा जानकारी गराइन्छ । साथै प्रारम्भिक तहका बालबालिकामा शैक्षिक सामग्रीसहितको शिक्षणले परिरहेको प्रभावका बारेमा समेत जानकारी गराइरहेको पढाइ मेला सञ्चालन गरिएको विद्यालयका शिक्षकहरूको भनाइ छ । मेलाको आयोजनापश्चात अभिभावकले विद्यालयमा नियमित अनुगमन गर्नुका साथै बालबालिकाको पढाइमा समेत रुचि देखाएको भैरव माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवबहादुर खड्काले बताए ।


मेलामा विद्यालयमा गरिने र भइरहेको क्रियाकलापका साथै पठन सामग्रीको स्टल र विभिन्न किसिमका पढाइ गतिविधि झल्कने किसिमका प्रदर्शनी, प्रतियोगिता, हाँजिर जवाफ वक्तित्वकला, कथा वाचन, बौद्धिक खेल समेत आयोजना गरीएको थियो ।
आदर्श गाउँपालिका अनतरगतका १५ वटा विद्यालयमा सञ्चालित परियोजनाले संकटासन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री , पोशाक वितरण गर्दै आएको छ । प्रारम्भिक कक्षा पढाइका लागि कक्षा १ देखि ३ सम्म नेपाली भाषाका पुस्तकहरु पनि वितरण गरी विद्यालयमा पढाइ शुरु गरेको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...