पत्रकारद्वारा जन्मदिनको अवसरमा विरामीलाई फलफुल वितरण

130

चक्र मल्ल
डोटी २२ चैत्र
पत्रकार तथा साहित्यकार पवन महराले जन्मोत्सवको अवसरमा विरामीलाई फलफुल वितरण गर्नु भएको छ । महराले २८ औं जन्मोत्सवको अवसरमा डोटीको दिपायल स्थित शैलेश्वरी अस्पताल, चोपडा अस्पताल र राजपुर स्थित सुजङ्ग अस्पतालमा भर्ना भएका विरामिहरुलाई फलफुल वितरण गरेका हुन् ।


नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य, नेपाल प्रेस युनियन डोटी शाखाका सचिव तथा डोटी गजल मञ्चका अध्यक्ष समेत रहेका पत्रकार महराले अस्पतालमा पुगेर विरामीहरु संग भेटघाट गरि विरामीहरुको अवस्थाका बारेमा समेत बुझ्नु भएको थियो ।


डोटी एक्सप्रेस साप्ताहीक र एनपिएल न्यूजका प्रधान सम्पादक महरा दिपायलबाट प्रकाशन हुने दिपायल पोष्ट दैनिकका सह–सम्पादक हुन् । एक दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल उनि सगरमाथा टेलिभिजनका जिल्ला सम्वाददाताका रुपमा कार्यरत छन् ।


विरामीहरु लाई फलफुल वितरण गर्दै पत्रकार महराले अस्पतालले विरामीलाई दिने सेवा, विरामीको आर्थिक अवस्था, जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था लगायतका विषयको खोजी गरि कलम चलाउँने प्रतिपद्धता जाहेर गर्नु भयो । समग्र जिल्लाका स्थानिय तहहरु र स्वास्थ्यका क्षेत्रमा काम गर्ने संगसंस्था संग सहकार्य गरेर जटिल रोगका विरामी, आर्थिक अवस्था कमजोर भएका विरामीहरुले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउँन पहल गर्ने समेत बताउँनु भयो । पत्रकार महराले स्वास्थ्यका क्षेत्रमा सरकारले लगाएको लगानि खेर जान नदिन, सहि सदुपयोग भयो या भएन भन्ने बिषयलाई सधैं नजरअन्दाज गर्ने र सम्बन्धित निकायलाई आफ्नो कलमबाट सचेत गराउँने बताउँदै समग्र जिल्लाको स्वास्थ्य अवस्थामा परिवर्त ल्याउँन पत्रकारीता जगतबाट गर्न सकिने सहयोगका लागि सधैं कटिपद्द रहने समेत बताउँनु भयो ।


फलफुल बितरण कार्याक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, पत्रकार मोहन शाही, अरुण बम, चक्र कुँवर, लोकराज पाठक लगायतको सहभागीता रहेको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...