निःशुल्क आँखा शिबिरमा ६८ जनाको सल्यक्रिया

74

पवन महरा
डोटी, १९ चैत
गेटा आँखा अस्पतालको सहयोगमा केआईसिंह गाउ“पालिकाले दुर्गामाण्डौ वायलमा ६८ जना बिरामीको आँखाको सल्यक्रिया गरेको छ । मोतीबिन्दुका कारण आँखा नदेख्ने बिरामीको सल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका सुरज बल्तारले बताए ।
आइतबारदेखि दुई दिन संचालन भएको निःशुल्क आँखा शिबिरमा ३ सय ८६ जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्य ६८ जनाको मोतिबिन्दु रोगको सल्यक्रिया भएको थियो । शिबिरको उद्घाटन गाउँपालिका उपाध्यक्ष मिना बिष्टले गरेकी थिइन् । उनले बिपन्न परिवारका ज्येष्ठ नागरिकले समयमै उपचार नपाई संसार देख्न नपाएकाहरु अझै रोग लुकाएर बस्न बाध्य भएको बताइन् । अघिल्लो महिना केआईसिंह गाउ“पालिकाले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण र निःशुल्क स्थाई बन्ध्याकरणको शिबिर बिभिन्न संघसंस्थाको सहयोग र पैरबीमा संचालन गरेको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...