कालोमोसो काण्ड :- विद्यार्थी नेताहरु माथी लगाईएको मुद्धा फिर्ता लिन माग

305

पवन महरा
डोटी १३ चैत्र
नेपालि विद्यार्थी संघ डोटीले जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमूख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई लगाएको कालोमोसोको जिम्मेबारी लिएको छ । नेवि संघले विज्ञप्ती मार्फत घटनाको जिम्मेवारी लिदै नेवि संघका विद्यार्थी नेताहरु माथी लगाईएको मुद्धा तुरुन्त फिर्ता लिन माग गरेको छ ।


नेवि संघ डोटीका अध्यक्ष गणेशबहादुर खड्का द्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल बिद्यार्थी संघ डोटीले भ्रष्टाचार विरुद्धको अभियानका क्रममा जिल्ला शिक्षा समन्वय विकास इकाई डोटीमा घटेको घटनाको नैतिक जिम्मेवारी लिएको उल्लेख छ । विज्ञप्तीमा जिल्ला शिक्षा समन्वय अधिकारीले कमिशन मागेको घटनाका विषयमा समय–समयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएका कारण नेवि संघ उक्त अप्रिय कदम उठाउन बाध्य भएको जनाएको छ ।
घटनालाई लिएर नेपाल विद्यार्थी संघका नेताहरुलाई धरपकड गर्ने र मुद्दा चलाउँउने कार्यले नेवि संघ गम्भिर भएको उल्लेख गर्दै यस्ता कार्यले नेवि संघ भ्रष्टाचार हटाउँने अभियानबाट विचलन नहुने कुरा पनि विज्ञप्तीमा उल्लेख छ । साथै यस्ता घटनाबाट उतपन्न हुने जुनसुकै परिस्थितिको मुकाब्ला गर्न, आउने परिणामको सामाना गर्न आफुहरु तमतयार रहेको जनाएको छ ।
अभियानमा सामेल नेवि संघका नेताहरुलाई अन्य बिद्यार्थी संगठनहरुले खोजी गर्दै कारवाही गर्ने भनी विभिन्न स्थानमा खोज तलास गर्न पुगेको तर्फ पनि नेबि संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेवि संघ को यो अभियान कुनै दल र संगठन विशेष बिरुद्धको अभियान नभएको जनाईएको छ ।

विज्ञप्तीमा नेवि संघले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानमा जुन सुकै संघ संगठनहरुले अवरोध गर्न खोजे त्यसको सामना गर्न तयार रहेको उल्लेख गर्दै यस्ता कुरा बारम्बार दोहोरीय तयसको डटेर मुकाविला गर्न नेवि संघ तयार रहेको समेत जनाइएको छ ।
विज्ञप्ती मार्फत नेवि संघका विद्यार्थी नेताहरु माथी लगाईएको मुद्धा तुरुन्त फिर्ता गर्न माग गरिएको छ । मुद्धा फिर्ता नलिए त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवारी सरोकारवाला निकाय स्वयमले लिनु पर्ने कुरा समेत विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको पुर्ण पाठ यस्तो छ

विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको एक समुहले आइतबार जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमूख अनन्तकुमार पौड्याललाई कालोमोसो दलेका थिए ।
कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझाले जिशिअ पौडेलले कमिशन जम्मा गर्न प्रधानाध्यापकलाई पठाएको मोवाईल म्यासेज र छोरा अरूण पौडेलको खाता नम्बरवाला चिट सार्वजनिक गरेका थिए ।

जिशिअ पौडेलले प्रयोग गरिरहेको अफिसियल नम्बर ९८५८४३५८९३ बाट प्रधानाध्यापक ओझालाई पठाएको मोवाईल म्यासेजमा श्रीमती चन्द्रमाया कोईरालाको कृषि बिकास बैंक घट्टाघर भक्तपुरमा रहेको खाता नम्बर ०२–१२३–००७५५–१८६–०१९ उल्लेख गरिएको छ । प्रधानाध्यापककै हातमा थमाईएको चिटमा छोरा अरूण पौडेलको नाममा राष्ट्रिय वाणिज्य बैंक बानेश्वर काठमाण्डौको १४२००७०१५१० खाता नम्बर उल्लेख छ । ‘यी खातामा पौडेलले पटक–पटक १० प्रतिशत जम्मा गर्न प्रधानाध्यापकलाई उर्दी जारी गरिरहे । पैसा जम्मा गरेपछिमात्र कार्यसम्पन्न मूल्यांकन प्रतिबेदन तयार हुने बताउदै आएका थिए,’ ओझाले भने ।

विज्ञप्तीको पुर्ण पाठ यस्तो छ

उता घटनामा संलग्न ४ जनाको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटनामा संलग्न विद्यार्थी नेता बिजयराज ओझा, प्रबिण उपाध्याय, रमेश बिक्रम खड्का र प्रकाश ठकुल्लाका बिरुद्धमा सार्बजनिक नैतिकता बिरुद्धको कसुरमा मुद्धा दर्ता भईसकेको छ । घटनामा संलग्न विद्यार्थी नेताहरुलाई पक्राउका लागी वारेन्ट जारी गर्नुका साथै नाकाबन्दी गरेर इन्सपेक्टरको नेतृत्वमा स्पेशल फोर्स परिचालन गरि खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

यो पनि पढ्नुस्

कमिशन मागेको आरोपमा कालोमोसो

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...