तिन महिने निःशुल्क कम्प्युटर तालिम शुरु

156

पवन महरा
डोटी, फालगुन
दिपायलमा तिन महिने निःशुल्क कम्प्युटर मर्मत तथा सम्भार तालिम शुरु भएको छ । तालीमको शुक्रबार दिपायल सिलगढी नगरपालिका ४ का वडा अध्यक्ष बिरेन्द्र शाहले उद्घाटन गर्नु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयको सहयोगमा सञ्चालीत उक्त तालिममा २० जना प्रशिक्षार्थीहरु सहभागी छन् । दिसिनपा ४ को वडा कार्यालय र सेती प्राबिधिक शिक्षालय डोटीको सहकार्य तथा पहलमा शुरु भएको तालीम खप्तड टेक्निकल ईन्सिच्युट प्रा.ली. ले सञ्चालन गर्ने छ ।
तालीम उद्घाटन गर्दै प्रमुख अतिथि शाहले व्यरोजगार युवाहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त तालीमबाट तालिममा सहभागी २० जना युवाहरु आत्मानिर्भर बन्ने विस्वास व्यक्त गर्नु भयो ।
उद्घाटन कार्यक्रमका सभावती भरत बहादुर कठायतले व्यरोजगार युवाहरुलाई प्राविधिक तथा सिपमुलक शिक्षाको आवस्यकता रहेको भन्दै तालीमबाट प्राप्त सिपले उनिहरु स्वरोजगार हुने बताउँनु भयो ।
साधारण कम्प्युटर कोर्ष सँगै कम्प्युटर मर्मत तथा सम्भार गर्न सिकाइने उक्त तालिम तिन महिनाको अबधिमा ३ सय ९० घण्टा सञ्चालन हुने खप्तड टेक्निकल ईन्सिच्युट प्रा.ली.का सञ्चालक रमेश कठायतले बताउँनु भयो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...