साहित्यकार भट्टको बिदाईमा रसाए आँखा

681

पवन महरा
डोटी, फाल्गुन
सेती प्राविधिक शिक्षालयका कृषि सहायक तथा साहित्यकार लक्ष्मीदत्त भट्ट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयमा सरुवा भएका छन् । शिक्षालयले शुक्रबार एक कार्यक्रमका बिच उनको बिदाई गरेको छ ।


१७ बर्ष सम्म दिपायल स्थित सेती प्राविधिक शिक्षालयमा कार्यरत भट्टले परिक्षा फाट सम्हाल्दै आउनु भएको थियो । शिक्षक भट्ट सिपले पोख्त ब्यक्ति भएको स्मरण गर्दै शिक्षलय प्रमुख शालिकराम डाँगीले आफ्नो बिषयमा पोख्त प्रशिक्षक लाई आफ्नो टिमले गुमाउँदा ठुलो क्षती भएको महसुस गरे । उनले रसाएका आँखामा भट्ट प्रतिको प्रेमभाव झल्काउँदै भने,‘लक्ष्मी सरमा भेटनरिको राम्रो स्किल छ । आफ्नो बिषय बस्तुमा पोख्त हुनुहुन्छ । अहिले साहित्य क्षेत्रमा साहित्यकारहरुको घट्दो उपस्थिती देखिन्छ तर उहाँले त्यो क्षेत्रलाई पनि सम्हाल्नु भएको छ । उहाँमा धेरै किसिमको कला र ज्ञान छ । हाम्रो टिमबाट काजमा सरुवा भएर प्रदेश कार्यालयमा जानु भएको छ । शिक्षालयले ठुलो जनशक्ति गुमाएको महशुस गरिरहेको छ । उहाँको आगामी यात्रा शुखद रहोस् शुभकामना ।’
काजमा प्रदेश कार्यालय सरुवा भएका साहित्यकार तथा शिक्षक भट्टको बिदाई कार्यक्रममा सहभागी सबैको अनुहारमा मौनता र आँखा टिलपिलाहट प्रेम भाव झल्कि रहेको थियो । सबैका आँखा रसाएका थिए । सबैको आवाज गम्सिएको थियो । टिका र माला लगाउँदा शुभकामना बाहेक थप कसैले केहि बोल्न सकिरहेका थिएनन् ।


बैतडी स्थायी घर भएका भट्ट २०५१ भाद्र देखि ०५३ सम्म सेती प्राविधिक शिक्षलयमा कार्यरत थिए । २०५३ देखि ०५७ सम्म अन्य जिल्लामा कार्यरत उहाँ २०५८ साल देखि निरन्तर सेती प्राविधिक शिक्षलयमा कार्यरत थिए । शिक्षक बिदार्थीका प्रिय शिक्षक भट्ट डोटीका साहित्यकार, पत्रकार, व्यापारी तथा स्थानीय सँग पनि उत्तिकै प्रिय थिए । शान्त मिलनशार व्यवहार भएका कर्तव्य निष्ट भट्ट साहित्यका क्षेत्रमा पनि अब्बल साहित्यकार हुँन् । डोटेली, नेपाली, उर्दु तथा हिन्दि भाषामा समेत साहित्य लेख्ने भट्टका थुप्रै कृतिहरु प्रकाशन छन् । थुप्रै पुरष्कार र सम्मान प्राप्त गर्न सफल उनले कविता, गजल, खण्डकाव्य, कथा, लेख, निवन्ध लगायतका थुप्रै विधामा कलम चलाउँनु हुन्छ ।
उनका प्रकाशित कृतिहरु मध्य ६ वटा कृतिहरु सेती प्राविधिक शिक्षलयमै जन्मिएका छन् । एउटा हिन्दि भाषाको प्रकाशन हुँन काँकी गजल संग्रह पनि यहिको परिवेशमा श्रृजना भएको उनी बताउँछन् ।
बिदाई कार्यक्रममा रसाएका आँखा आफ्ना सबै समकक्षी टिम तर्फ घुमाउँदै भट्टले प्रेमिल आवाज कपाउँदै भने,‘बिगतमा आफुबाट जानी नजानी कसैको मन दुखाए हुँला, मनमुटाव भयो होला, केही गल्ती भयो होला त्यसका लागि माफि चाहन्छु । आज सम्मको साथ र सहयोगका लागि सबैप्रती आभारी छु । शिक्षालय भित्र भएका नराम्रा कुरा यहिँ छोडेर राम्रा कुरा सधैं लाई स्मरण गर्ने गरि लगेर जाँदै छु ।’
‘डोटीमा केही छैन । केहि सिकिदैन । केहि गर्न सकिदैन भनेर कतिपए व्यक्तिहरुले भन्ने गर्छन तर मैले डोटीबाट धेरै कुराहरु सिकेको छु । धेरै सम्भावनाहरु देखेको छु । धेरै गरेको छु ।’ उनले भने ।
डोटीमा १७ बर्ष भन्दा बढी समय कार्यरत रहँदा सेती प्राबिधिक शिक्षालय वरपरको वातवरण, डोटीको सौन्दर्यता, डोटीको माटोको सुगन्धले ६ वटा कृतिहरुको सृजना गरेको स्मरण गर्दै उनले डोटी साहित्यका लागि पनि उर्वर ठाँउँ रहेको बताए ।
भट्टले डोटीमा कार्यरत रहँदा ‘कर्तव्य र गन्तव्य’ खण्ड काव्य, ‘आमाको स्मृतीमा’ शोक काव्य, ‘लक्ष्मी’ कविता संग्रह, ‘चाँदनीको व्यथा’ गजल संग्रह, ‘बहर सागर’ गजल संग्रह प्रकाशन गरेका छन् । त्यसैगरी ‘मधुर चाँदनी’ हिन्दि भाषको गजल संग्रह प्रकाशनको तयारीमा छ । यस बाहेक उनका धेरै कृतिहरु प्रकाशित छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...