छात्रा बेहोस हुने, काप्ने, चिच्याउने अनौठो समस्याले पठनपाठनमा समस्या

179

पवन महरा
डोटी १ चैत्र
छात्रा बिद्यार्थी बेहोस हुन थालेपछि हिमालय निम्न माध्यमिक बिद्यालयको पठनपाठनमा समस्या भएको छ । सायल गाउँपालिका वडा नं. ६ दल्लेखमा अवस्थित उक्त बिद्यालयका छात्रा एकमहिना देखी लगातार दैनिक एकाएक रुने, कराउने, चिच्याउने, थरथर काप्दै बेहोस हुने गरेपछि पठनपाठनमा समस्या भएको हो ।
बिदालयमा एक बर्ष देखि देखिएको उक्त समस्या एकमहिना यता बढ्दै गएको शिक्षण हेमराज दाहलले बताए । उनका अनुसार एक बर्ष अगाडी हप्ताको एक दुई दिन केहि बिद्यार्थीहरुमा त्यस्तो समस्या देखिने गरेको भए पनि विगत एकमहिना यता लगातार दैनिक १० देखी १५ छात्रामा देखिदै आएको छ ।
कक्षा १ देखि ८ सम्मका छात्रा बिदार्थीहरुमा मात्रै यो समस्या देखिने गरेको छ । छात्रा बिद्यार्थीहरुमा यो समस्या बिद्यालय हाता भित्र मात्रै देखिने गरेको अभिभावकहरु बताउँछन् ।
जिल्ला सदरमुकाम देखी निकै टाँढा रहेको उक्त बिद्यालयमा लामो समयसम्म समस्या समाधान नभएपछि गाँउलेहरु भेला भएर स्थानीय धामी झाँक्रीलाई देखाउँदा गाँउ वरपर रहेका भुतप्रेत लागेको र आफुहरुले हटाई दिने भनेका थिए । नियमित समस्या देखिएपछि सरस्वती लागेको भनेर देउतालाई धजा उठाउने काम समेत गरिएको तर समस्या ज्युँका त्यूँ रहेको शिक्षक दाहलले बताए ।
सामान्य अवस्थामा आइसकेपछि छात्राहरुलाई सोध पुछ गर्दा आफुहरुलाई केहि थाहा नहुने बताउँछन् । यस्तो समस्या बिद्यालयबाट घर गएपछि आफै ठिक हुने गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा खबर गर्दा लामो समय देखी डाक्डर नभएको र गाउँपालिकाले पनि कुनै चासो नदेखाएकोले थप समस्या बढेको बिद्यालयले जनाएको छ । बर्ष बितिसक्दा समस्यामा कुनै कमि नहुँदा अभिभावक तथा शिक्षकहरु निरास छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...