जिल्ला भलिवल संघद्धारा भलिवल वितरण

79

एनपिएल न्यूज
डोटी २८ फाल्गुन
जिल्ला भलिवल संघ डोटीले जिल्लाभरीका माध्यमिक बिद्यालयहरुलाई खेलकुद सामग्री वितरण गर्दै आएको छ । जिल्लामा हुने बिद्यालय स्तरिय भलिवल प्रतियोगिताको पुर्वसन्ध्यामा प्रति बिद्यालय एउटा नेट र दुई वटा भलिवल वितरण गरिने जिल्ला भलिवल संघ डोटीका अध्यक्ष दिपक बोगटीले बताए ।
यसै क्रममा संघले मंगलबार पुर्वीचौकी गाउँपालिका अन्तरगतका बिद्यालयहरु लाई एक कार्यक्रमका विच प्रति बिद्यालय एउटा नेट र दुई वटा भलिवल गाउँपालिका मार्फत वितरण गरेको छ । भलिवल वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख दिर्घ बोगटीले शैक्षिक संस्थाहरुहरुलाई खेलकुद सामग्री उपलब्ध गराएकोमा संघलाई धन्यबाद व्यक्त गर्नुका साथै यसलाई निरन्तरता दिन गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।


यस अघि सोमबार शिखर नगरपालिका अन्तरगतका बिद्यालयहरुलाई पनि भलिवल वितरण गरिएको थियो । भलिवल खेल क्षेत्रको विकासका लागि जिल्ला भलिवल संघले डोटी जिल्ला भित्रै जिल्ला स्तरिय देखि राष्ट्रिय खेल सम्मका प्रतियोगीता आयोजना गर्ने तयारी गरिरहेको अध्यक्ष बोगटीले बताए । उनले जिल्लाका नौ वटै स्तानीय तह अन्तरगतका सबै विद्यालयहरुलाई एउटा नेट र दुई वटा भलिवल विरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...