शिविरको पहिलो दिन एक सय ५० जनाले लिए स्वास्थ्य सेवा

392

पवन महरा
डोटी २६ फाल्गुन
शिखनर नगरपालिकामा सञ्चालीत निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन १ सय ५० जनाले स्वास्थ्य सेवा लिएका छन् । दुई दिन सम्म सञ्चालन हुने शिविरको आइतबार नेपाली काँग्रेस डोटीका सभापती प्रदिप देउवाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको थियो ।
शिखर नगरपालिका ८ गोपघाट स्थित शिखर पोलिक्लिनिकमा आइतबार देखि सञ्चालन भएको शिविरको अन्तराष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाज र शिखर नगरपालिका डोटीले संयुक्त रुपमा आयोजना गरेको हो । पाठेघर सम्बन्धि समस्या भएका ग्रामिण भेगका महिलाहरुलाई मध्यनजर गर्दै सञ्चालन गरिएको उक्त शिविरमा माया मेट्रो हस्पिटल धनगढीको प्राविधिक सहकार्य रहेको छ ।


शिविरको पहिलो दिन १ सय ९४ जना विरामिले नाम दर्ता गराएका थिए । जस मध्य एक सय ५० जनाले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य सेवा लिने अधिकांस महिला विरामिहरुमा आंङ खस्ने, महिनाबारी गडपढी, सेतो पानी बग्ने, दम, मधुमेह जस्ता समस्या देखिएको उपचारमा संलग्न वरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर संगिता भण्डारी बताउँनु भयो । उहाँका अनुसार १९ जना विरामिको पाठेघरमा रिङ राखिएको र ९ जना विरामिकोको सल्यक्रिया नै गर्नुपर्ने अवस्ता रहेको छ ।
आयोजक समाजले पाठेघर सम्बन्धि समस्या भएका महिला बिरामिहरुलाई सोमबार दिउँसो सम्म नाम दर्ता गरेर स्वास्थ्य सेवा दिन आग्रह गरेको छ । शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर संगिता भण्डारी, डाक्टर विष्णुराज जैशी लगायतको टोलीले उपचार तथा परामर्श दिदै आएका छन् ।


शिविरमा सामान्य समस्या रहेका बिरामीहरुको शिविरमै निःशुल्क उपचार हुने र गम्भिर समस्या देखिएका अथवा शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई बाहिर लगेर सरकार तथा अन्य संघ संस्था संग समन्वय गरि निःशुल्क उपचार गराउन पहल गर्ने सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायरले बताए । उनले भने,‘सुदूरपश्चिम प्रदेशका ग्रामिण भेगका महिलाहरुमा धेरैजसो पाठेघर सम्बिन्धि बिभिन्न समस्याहरु देखा पर्दछन् । उपचार खर्चको अभाव तथा लजाउने बानीले गर्दा कतिपय महिलाहरुले रोग लुकाउने गर्दछन् । त्यसै समस्याले महिलाको अकालमै ज्यान जाने गर्दछ । त्यसको निराकरणका लागि हामीले स्थानीय सरकार संग सहकार्य गरेर उक्त शिविर सञ्चालन गर्ने निर्णय गरेका हौं । बिरामीको उपचार निःशुल्क गरिने छ ।’


शिविर सुदूरपश्चिमको डोटी लगायत डडेल्धुरा र बाजुरा जिल्लामा समेत आयोजना हुने भएको छ । फागुन २६ र २७ गते शिखर नगरपालिकाको गोपघाट डोटीमा, फागुन २९ र ३० गते बाजुराको बुढिगंगा नगरपालिकामा, चैत्र २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका र चैत्र ३ गते भागेश्वर गाउँपालिकामा शिविरको आयोजना हुने आयोजकले जनाएको छ ।
सुदूरपश्चिमेली नेपाली समाजले देशका लागि बिभिन्न समयमा बिभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । विश्वका बिभिन्न देशहरुमा कार्यरत सुदूरपश्चिमका नेपालीहरुले गठन गरेको उक्त समाजको शाखा विश्वका विभिन्न मुलुकमा बिस्तार गरिएको छ । अहिले उक्त समाजको शाखा कतार, युएइ, भारत, बहराइन, कुबेत, मलेसिया, जापान, कोरिया, डेनमार्क, अमेरिका, क्यान्डा, अस्ट्रेलिया, मकाउ, इजरायल र अफ्रिका लगायतका देशमा विस्तार गरिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...