कल्पनाको लोकप्रिय गायन, नृत्य र उद्घोषण संग–सँगै

636

एनपिएल न्यूज
डोटी २६ फालगुन
धेरै जसो कलाकारहरु एउटा विधामा आफुलाई खार्दै त्यहि विधामा आफ्नो करिअर बनाउँछन् । केही कलाकारहरु धेरै विधामा समावेश हुने गरेकाछन् । कोही सफल हुन्छन् त कोही असफल । जो सफन हुन्छन् तिनलाई बहुप्रतिभाका धनिका रुपमा चिनिन्छ ।


धेरै क्षेत्रमा हात हाल्ने व्यक्ति असफल हुन्छ भन्ने मान्यता पनि छ र त्यो एथार्थमा पनि देखिन्छ । तर बहुप्रतिभाकी धनी कल्पना ढुङ्गानाले त्यो मान्यता लाई चिर्दै आफ्नो कला प्रस्तुत गर्दै आएकी छिन् । आफ्नो कला अनुसार लोकप्रियता पनि कमाउँदै आएकी छिन् ।


सुदूरपश्चिमको अछाम जिल्लामा जन्मिएकी हुर्किएकी कलाकार ढुङ्गाना यति वेला सुदूरपश्चिमका व्यस्त कलाकार मध्य एक पर्छिन् । बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रम, स्थानिय स्तरमा हुने सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरमा हुने सांस्कृतिक कार्यक्रमहरु हुँदै समग्र सुदूरपश्चिममा छायकी कलाकार ढुङ्गाना अहिले बिभिन्न म्यूजिक भिडियो लगायतका ठुल–ठुला मेला महोत्सवमा देखिने गरेकी छिन् । उनको बाक्लो उपस्तिथि संगै लोकप्रियता पनि निकै बढेको छ ।


गायनमा मिठो आवाज, नृत्यमा चम्किलो प्रस्तुती, उद्घोषणमा लचिलो मिठो प्रस्तुती उनका बिषेशता हुन् । सुदूरपश्मिको देउडा देखि लोक दोहोरी तथा आधुनिक गित संगितमा आवाज दिन सक्ने क्षमता भएकी गायिका ढुङ्गानाले धेरै गितहरुमा मोडलीङ समेत गरेकी छिन् ।


पछिल्लो समय डोटीमा आयोजीत प्रादेशीक महोत्सवमा उद्घोषण गरिरहेकी ढुङ्गाना कलाकारिता क्षेत्रमा आफु सन्तुस्ट रहेको बताउँछिन् । एनपिएल न्यूज संगको कुराकानीमा उनले मेला महोत्सवको चापले गर्दा आफु व्यस्त रहेको बताउँदै धेरै ठाउँबाट उद्घोषण मोडलीङ तथा आवाज भर्नका लागि अफर आइरहने गरेको उनि बताउँछन् । सुदूरपश्चिममा आयोजना हुने कार्यक्रमहरुका लागि स्थानीय उद्घोषकको सधै कमी हुन्छ । प्राय जसो साँस्कृतिक कार्यक्रम गर्दा सुदूरपश्चिम बाहिरबाट नै बढि जसो उद्घोषक उद्घोषिका ल्याउँनु पर्ने बाध्यता पनि छ । तर अहिले प्राय कार्यक्रमहरुमा कलाकार ढुङ्गानाले ठाउँ पाईरहेकी छिन् । स्टेजमा दोहरी देखि नृत्य चोटीलो सायरी मुक्तक समेत प्रहार गर्ने भएकाले पनि उनको उद्घोषणमा दर्शक झुम्ने गरेका छन् । दर्शक तथा स्रोताको माझमा लोकप्रिय बन्न सफल उनको प्रस्तुती धेरै दर्शक स्रोताले मन पराउँदै आएका छन ।


धेरै दर्शकलाई स्टेज र आफु तिर आकर्षित गर्न माहिर मिठो स्वरकी कलाकार ढुङ्गानाको स्टेज कार्यक्रमका लागि पछिल्लो समय सुदूरपश्चिम प्रदेश मात्रै नभयर बाहिरि प्रदेशमा समेत माग बढ्दै आएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...