नारी दिवसको अवसरमा रक्त परीक्षण कार्यक्रम

133

रामबहादुर रावल
डोटी २४ फाल्गुन
राजपुर स्थित सुजङ्ग स्कुलमा रक्त परिक्षण कार्यक्रम संचालन गरिएको छ । १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कल सुजङ्ग स्कुल र नेपाल स्वास्थ्यर्की संघ डोटीको संयूक्त आयोजनामा रक्त परिक्षण कार्यक्रम संचालन गरिएको हो ।


रक्त परिक्षण कार्यक्रममा १३७ जना छात्र र ६४ जना छात्रा गरि २०१ जना विद्यार्थीहरुको रक्त परिक्षण गरिएको जुनियर रेडक्रस सर्कल सुजङ्ग स्कुलकी संयोजक श्री देवी बिष्टले बताईन् । सुजङ्ग स्कुलमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा रक्त परिक्षण गर्ने विद्यार्थीहरुको ‘रक्त समुह’ छुट्याएर ‘रक्त समुह कार्ड’ समेत बितरण गरेको थियो ।


बिद्यार्थीहरु कुनै वेला विरामी परे अथवा दुर्घटनामा परे भने तत्काल रगत चढाउनु पर्ने अवस्थामा तुरुन्त छिटो छरितो उनिहरुको उपचार गर्न सकिने र वचाउन सकिने अवस्ता रहन्छ त्यसकारण बिद्यालयमा रक्त परिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल स्वास्थ्यर्की संघ डोटीका अध्यक्ष अर्जुन बलायरले बताए । ‘रक्त समुह कार्ड बिद्यार्थिको खल्तीमा भयो भने अचानक हुन सक्ने दुर्घटना तथा जोखिमबाट बचाउँन मदत पु¥याउँछ । बिद्यार्थी मात्र नभएर सबैले रक्त परिक्षण गर्न जरुरि छ’ उनले भने ।
नेपाल स्वास्थ्यर्की संघ डोटीे तथा सुजङ्ग स्कुलने विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बिभिन्न समयमा स्वास्थ्य परिक्षण रगत परिक्ष जस्ता कार्यक्रम विगत देखि नै संचालन गर्दै आएको सुजङ्ग स्कुलका निर्देक नरेस बलायरले बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...