केआईसिंह गाउपालिकाले ग¥यो बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण

204

एनपिएल न्यूज
डोटी २३ पाल्गुन

 केआईसिंह गाउ“पालिकाले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको छ । सुदूरपश्चिममै पहिलो पटक सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न गाउ“पालिकाले अभियान सुरु गरेको हो ।

बुधबार केआईसिंह गाउपालिकाको वडा नं. ५ कमलकट्टे स्थित भूवनेश्वर माबिका बिद्यार्थीहरुको डा. राजु गुरुङ्गको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । अभियानको उद्घाटन केआईसिंह गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले गरेका छन् । उनले बिद्यार्थीहरुलाई जुकाको औषधी खुवाएर शुभारम्भ गरेको केआईसिंह गाउ“पालिकाका स्वास्थ्य इकाई संयोजक तिल बहादुर बोहराले जानकारी दिए । गाउपालिकालाई स्वास्थ्य परिक्षण गर्न नितीगत व्यवस्था र बजेट बिनियोजन गर्नका लागि डोटीमा कार्यरत एफएमडिसीद्धारा संचालीत पारस्परिक जवाफदेहिता परियोजनाले पैरबी गरेको थियो ।

चालु आर्थिक बर्षमा केआईसिंह गाउपालिका वडा नं ५ स्थित ४ वटा सामुदायिक बिद्यालयहरुमा स्वास्थ्य परिक्षण गर्न गाउपालिकाले बजेट बिनियोजन गरेको छ भने आगामी आर्थिक बर्षबाट गाउपालिकाभरिका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । गाउ“पालिकाले आखा कम्जोर भएका बिद्यार्थीहरुलाई चश्मा तथा महिनावारी भएका छात्राहरुका लागि सेनटरी प्याड समेत हस्तान्तरण गरेको छ । गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बिद्यार्थीहरुको समयमै स्वास्थ्य अवस्थाबारे जा“चबुझ गरि स्वस्थ र निरोगी नागरिक बनाउन गाउपालिका लागिरहेको बताए । उनले बिद्यालयलाई प्राथमिक उपचार सामाग्रि भएको किटबक्स समेत बितरण गरेका थिए । गाउपालिका उपाध्यक्ष मिना बिष्टले स्वास्थ्य परिक्षणले बिद्यार्थीको पढाईमा समेत टेवा पु¥याउने बताइन् । बुधबार भूवनेश्वर माबि र दुर्गा प्राबिका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

भूवनेश्वर माबिमा गरिएको स्वास्थ्य परिक्षणमा बिद्यार्थीको तौल, उचाई नाप्नुका साथै उनीहरुको कान,नाक, दात लगायत मुख्य अंङ्गहरुको परिक्षण गरिएको थियो । अन्य बिद्यालयहरुमा भने आगामी आइतबार स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य इकाई संयोजक तिल बहादुर बोहराले जानकारी दिए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...