तहल्का मच्चाउँदै बोगटानी किङ (भिडियो सहित)

190

एनपिएल न्यूज
डोटी २३ फाल्गुन

सुदूरपश्चिमका उदाउँदा मोडेल विनोद बोहरा ‘बोगटानी किङ’को आफ्नै स्वर र शब्दमा रहेको गीत ‘जता जान्छ यो बोगटानी उतै रमझम’ ले युटुवमा तहल्का मच्चाउन थालेको छ । एक साता अघि मात्रै युटुव च्यानलमार्फत् सार्वजनिक गरिएको गीतलाई सुदूरपश्चिमका युवा युवतीले खुबै मन पराएका छन् ।

बोगटानी किङले एक महिनाकै अवधिमा दुई वटा डिजे सङ स्रोता तथा दर्शक सामु ल्याइसकेका छन् । ‘तेरी मेरी ब¥याँत बाजा बजन्ना’ बोलको गीतमा स्वर दिएका बोगटानी किङले सोही भिडियोमा अभिनय समेत गरेका छन् । एक हप्ता अघि मात्रै युटुबमा उनको दोस्रो डिजे सङ ‘जता जान्छ यो बोगटानी उतै रमझम’ रिलिज भइसकेको छ । बोगटानी किङकै स्वरमा सजिएको सो गीतमा पनि आफैले अभिनय गरेका छन् ।

थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय गरिसकेका बोगटानी किङको आफ्नै स्वरमा रहेका दुई वटा गीत बजारमा गइसकेका छन् भने तीन गीतको तयारी भइरहेको छ । धनगढीको दशरथ पार्कमा छायाङ्कन गरिएको उनको दोस्रो गीतमा जनक कुँवरले निर्देशन गरेका थिए भने सतिस सिन्हाको छायाङ्कनमा रहेको थियो । युवा पुस्तालाई लक्षित गरी डेउडालाई ¥यापमा ढालेर गाइएको यो गीत अन्य गीतको तुलनामा फरक रहेको बोगटानी किङले बताए । उनले भने,‘डेउडा गीतलाई मोडिफाइ गरी युवाहरुलाई लक्षित गरेर बिहे, पार्टीहरुमा डान्स गर्ने खालको गीत बजारमा ल्याउन लागेका छौँ ।’

बोगटानी किङ मोडलिङ गायनसँगै पछिल्लो समयमा मञ्चिय कार्यक्रममा पनि देखिन थालेका छन् । मोडलिङ क्षेत्रबाट कलाकारितामा प्रवेश गरेका बोगटानी किङ मेला महोत्सवका मञ्चिय कार्यक्रममा देखिन थालेका हुन् । डिजे सङ ल्याएर स्रोता र दर्शकमाझ चर्चा बटुलेका बोगटानी किङलाई मेला महोत्सवमा पनि दर्शकको बोलाउट आउन थालेको हो । एक हप्ताकै अवधिमा उनले दुईवटा महोत्सवमा आफ्नो प्रस्तुति देखाएर दर्शक तथा स्रोतको मन जितेका छन् । डोटीको दिपायलमा सुदूरपश्चिम प्रादेशिक महोत्सव र धनगढीको सुदूरपश्चिम महोत्सवमा आफ्नो प्रस्तुति पस्केका बोगटानी किङलाई दर्शकको हुटिङ र तालीले भव्य स्वागत गरेको थियो । ‘मेला महोत्सवमा दर्शकले देखाएको मायाले कलाकारिता क्षेत्रमा अझै केही गर्न हौसला थपेको छ,’ बोगटानी किङले भने,‘अब गायन र मोडलिङ सँगसँगै मेला महोत्सवमा पनि दर्शकका माझ जान्छु ।’

गीत हेर्न यो लिंक क्लिक गर्नुस् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...