अमर ज्योतीमा योग शिक्षा शिविर सञ्चालन

75

चक्र मल्ल
डोटी २१ फाल्गुन
दिपायल स्थित अमर ज्योती बिद्यालयमा शिबिर सञ्चालन गरएिको छ । दुई दिन सम्म संचालन हुने बिदालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अमर ज्योती बिद्यालय संगको सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायले आयोजना गरेको हो ।


शिविरको सोमबार दिपायल सिलगढी नगरपालीका वाड नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले उद्घाटन गर्नु भएको थियो । शिविरको उद्घाटन गर्दै अध्यक्ष खड्काले मानिसलाई र्फुतीलो तथा मानसकि रुपमा बलीयो बनान योगाले महत्वपुर्ण भुमिका खेल्ने भएकाले योगा शिबिर आजको आबश्यकता भएकोे बताउँनु भयो ।
शिविरमा बिद्यालयका ४० जना बिदार्थी तथा शिक्षकको सहभागी रहेको छ । बिद्यार्थीहरुलाई शारिरिक तथा मानसीक रुपमा तन्तुरुस्त राख्न, नैतिक वान बनाउन बिद्यालयबाट योगा शिविरको सरु गरीएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बैध खडक बमले बताउनु भयो । बमले आगमी दिनमा अन्य बिद्यालयहरु संग पनि सहकार्य गरेर योग शिविर संचालन गरीने बताउनु भयो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...