मुख्यमन्त्री भट्टलाई गृह जिल्लामा कालो झण्डा

1361

एनपिएल न्यूज
डोटी २१ फागुन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टलाई गृह जिल्ला डोटीमा कालोझण्डा देखाइएको छ । मंगलबार मुख्यमनत्री सहितको टोली धनगढीबाट राजपुर आउनेक्रममा शिखर नगरपालिका ८ तिलतालीमा सडकबाटै कालो झण्डा देखाएको नेबि संघले जनाएको छ ।
मुख्यमन्त्री भट्टले निर्वाचनका समयमा प्रदेशको राजधानी डोटीमै बनाउँने भन्दै भोट मागेको तर मुख्यमन्त्री भएपछि डोटीका बिपक्षमा गोदाबरीका पक्षमा बहुमत जुटाएको र आफुले समेत डोटीका बिपक्षमा मत हालेकोले कालो झण्डा देखाएको नेबि संघ शिखर नगरपालिकाका सभापती राजेश ठगुन्नाले बताए ।
मुखयमन्त्रीले जनमतलाई व्यवास्था गरेर पार्टी र लेखराज भट्टको हुइपमा लिप्त भै पद संग राजधानी साटेको आरोप लगाउँदै सभापती ठगुन्नाले डोटीका बिपक्षमा प्रदेशसभामा मत हाल्ने सबै मन्त्रीहरुलाई डोटी प्रवेश निषेध गरिएको र सबैलाई कालो झण्डा देखाइने बताए । केन्द्रिय सरकार, प्रदेश सरकार र मातहतका स्थानीय सरकारले नियम विपरित काम गरिरहेको , भ्रष्टाचार मौलाएको , अनियमिता र हैकमबादले जरागाढेको बताउँदै सभापती ठगुन्नाले नेवि संघ सरकार बिरुद्ध संघर्षमा उत्रीने तयारीमा रहेको बताए देशैभरीका प्रदेश सरकारमध्य सुदूरपश्चिम प्रदेश सरकार असक्षम सावित भैसकेको आरोप लगाउँदै उनले अबका दिनमा नेबि संघ चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...