प्रादेशिक महोत्सव दुईदिन थपिने

260

पवन महरा
डोटी १ फागुन
दिपायलमा माघ २५ गते देखी चलिरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव दुईदिन थपिने भएको छ ।
हालसम्मको महोत्सवले आयोजकलाई हौस्याएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले दर्शकको अधिक सहभागिता र स्थानीयबासीको आग्रहमा दुईदिन महोत्सव थप्ने तयारी भएको बताए । महोत्सव फागुन ५ गतेसम्म चल्ने पूर्बनिर्धारित कार्यक्रममा ७ गतेसम्म सञ्चालन गर्नेगरी तयारी भैरहेको उहाले जानकारी दिए ।
महोत्सव दिनानुदिन भव्य बन्दै गएको छ । दर्शकको सहभागिता उल्लेख्य रुपमा बढीरहदा महोत्सवको आकर्र्षण दिनहुँँ बढीरहेको छ ।
राष्ट्रिय तथा स्थानीय स्तरमा लोकप्रियता कमाएका कलाकारहरुको बेजोड प्रस्तुतीका साथमा चलिरहेको महोत्सव दिनप्रतिदिन सफलताको सिढी चलिरहेको आयोजक डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।
बुधबार पनि ‘गोजीमा दाम छैन’, ‘कुटुमा कुटु सुपारी दाना’, ‘सुर्के थैली खै’ लगायत सयौ चर्चित गीतमा स्वर दिएका गायक राजनराज सिवाकोटी चर्चित लोक देउडा गायकहरु सौगात ओझा, हरिसुदामा जैसी र भरत भट्ट लगायतका कलाकारहरुले प्रस्तुती राखेका छन् । । जसले महोत्सव हेर्न आएका दर्शकहरु अत्याधिक रमाएका छन् ।
यस्तै महोत्सवकै अबसरमा सेती नदीमा ¥याफ्टीङ पनि चलिरहेको छ । ¥याफ्टीङ गर्न चाहने छिमेकी जिल्लामा २० जना जतिको समुहमा भए गाडीले ल्याउनेपु¥याउने सम्मको व्यबस्था सहित अवसर प्रदान गरिने संघले जनाएको छ

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...