महोत्सवमा स्थानीय कलाकारहरुलाई विशेष प्राथमिकता

330

 पवन महरा
डोटी १ फागुन
दिपायलमा जारी ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा स्थानीय कलाकारहरु लाई विशेष प्राथमिकता दिईएको छ । स्थानीय कलाकारहरुको क्षमता अभिवृद्धि गर्न र उनिहरुलाई प्रोत्साहन गर्न स्थानीय कलाकारहरुलाई बढी प्राथमिकता दिएको आयोजकले जनाएको छ ।

आफ्नो प्रस्तुती राखदै सुदूरपश्चिमका कलाकार बिनोद बोहरा बोक्टानी किङ्ग

महोत्सवमा आउने ४० जना अतिथि कलाकार मध्य २७ जना सुदूरपश्चिम प्रदेशका कलाकारहरुलाई रहेकाछन् । २७ जना मध्य धेरै जसो कलाकारहरु डोटीका छन् । एल्बममा आवाज दिएका सबैजसो स्थानीय कलाकारहरुलाई महोत्सवमा बोलाइएको छ । गित रेकर्ड गर्न बाँकी अन्य धेरै स्थानीय गायक कलाकारहरु, नृत्य गर्ने कलाकारहरुलाई पनि स्थान दिदै गरेको आयोजक डोटी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा कलाकार संयोजक नरेन्द्र खड्काले बताए । उनले भने,‘हाम्रो माटोले धेरै कलाकारहरु जन्माएको छ । धेरै प्रतिभावान व्यक्तिहरु हाम्रो सुदूरपश्चिममा छन् । हामिले यस्तो मेला महोत्सवबाट उनिहरुलाई प्रोतसाहन गर्नै पर्छ । हामी ति प्रतिभावान कलाकारका अविभावक पनि हौं । हामीले उनिहरुलाई न चिने कस्ने चिन्छ । हामीले उनिहरुलाई ठाउँ नदिए कस्ले दिने । त्यो हाम्रो जिम्मेवारी हो त्यसैले हामीले स्थानीय कलाकारलाई प्राथमिकतामा राखेका छौं ।’
बुधबार सम्म सुदूरपश्चिमका कलाकार चक्र बम, नेत्र ठकुल्ला, मेघजन खडायत, हरिश रावल, बिष्णु भट्ट, कल्पना बिसि, बिनोद बोहरा कोगटानी किङ्ग, मनोज धामी, सुरत रावत डोटेली कान्छा, सुरेन्द्र संगम, सौगात ओझा भरत भट्ट, हरिसुदामा जैशी लगायत अन्य धेरै कलाकारहरुले महोत्सवमा आफ्नो प्रस्तुती राखेका छन् । पछिल्लो समय डोटी लगायत सुदूरपश्चिम प्रदेशका धेरै कलाकारहरुले राष्ट्रिय रुपमा ख्याती प्राप्त गरेछन् ।
बुधबार सम्म गायीका तथा उद्घोषिका रुपा जिएम, सुदूरपच्मिका गायक तथा उद्घोष नवीन धामी र चर्चित गायक राजनराज सिवाकोटीको पनि प्रस्तुती रहेको थियो । बिहिबार गायीका तथा उद्घोषिका शितल शर्मा तथा सुदूरपश्चिमका कलाकार टंक तिमिल्सेना, उमाशंकर जोशी, रामबहादुर रावल बिरेनद्र कठायत र दिपेनद्र वलीको प्रस्तुती रहने छ ।


महोत्सवका अन्य दिनहरुमा पनि सुदूरपश्चिमका चर्चित तथा नव उदयमान गायक गायीकाहरुको प्रस्तुती रहने महासचिव दिपकबहादुर खडेकाले बताए ।
महोत्सवमा यो बाहेक स्थानीय उत्पादनहरु, कृषि उपजहरु प्रदर्शनमा राखिनुका साथै सेती नदिमा ¥यापिटङको व्यवस्था समेत गरिएको छ । महोत्सव प्रवेश शुल्क बिद्यार्थीका लागि प्रतिवयक्ति रु ४० तोकेकोे छ भने अन्य ब्यक्तिहरुका लागि प्रतिवयक्ति रु ६० तोकेकोे छ । त्यस्तै ¥याप्टिङको टिकेट शुल्क प्रतिवयक्ति रु ५०० तोकेकोे छ । प्रवेश शुल्कबाट प्रति ब्यक्ति रु १ र ¥याप्टिङ टिकेटबाट प्रति ब्यक्ति रु ५ पर्यटन प्रबद्धनका लागि छुट्याईएको ¥याप्टिङ संयोजक तथा उद्योग वाणीज्य संघका सदस्य लाल कठायतले बताए ।
२५ गतेबाट शुरु भएको महोत्सव फागुन ५ गते सम्म चल्ने पुर्बनिर्धारित कार्यक्रम ७ गते सम्म चलाउँने तयारी भैरहेको उद्योग बाणीज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...