प्रादेशिक महोत्सवमा ‘बम’

987

पवन महरा
डोटी २६ माघ
दिपायलमा जारी ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’को दोस्रो दिन ! दिउँसो १२ बजेको समय दर्शककाको आगमन हुँदै थियो । महोत्सव स्तल संगीतको धुनले गुंजायमान थियो । गायिका तथा उद्घोषिका सोभा त्रिपाठी लगायत आयोजक टिम स्टेज वरपर दर्शकलाई कुरेर बसिरहेका थिए ।
दर्शकको प्रवेश संगै उद्घोषिका सोभा त्रिपाठीले दर्शकलाई सम्बोधन गर्दै मञ्च नजिक आउँन आग्रह गरिन् । सदूरपश्चिमको चर्चित गीत राई झुमा र लोक गीत मिmममिmम परेली गाउँदै त्रिपाठीले दर्शकलाई तानीन् । त्यसपछि क्रमश गायक तथा हाँस्य कलाकार हरिश रावल, नेत्र ठकुल्ला र मेघजन कडायतले आफ्नो प्रस्तुती राखे ।
उनिहरुको प्रस्तुती संगै महोत्सव स्तलमा बम भेटीए । बम देखे संगै सबै दर्शक उतै मोडीय मञ्चमा अन्य कलाकारको प्रस्तुती जारी नै थियो । शनीबार बिदाको दिनभएका कारण पनि खचाखच दर्शकको उपस्थिती थियो ! यस्तोमा गायक चक्र बम स्टेजमात्रै के चढेका थिए, दिपायलको माहौल तरंङ्गीत बन्यो । गायक बमका डोटेली शब्दहरु मिश्रित गीतहरु अहिले यसक्षेत्रका यूवाहरुमा निकैे लोकप्रिय छन् । ती गीतका गायक स्टेज चढेपछि यूवाहरुको भीड असामान्य बन्यो ।


स्टेजमा उनले आफ्ना करिब एक दर्जन गीतहरुमा प्रयोग भएका टुक्काहरु सुनाएर प्रस्तुती गरे । सो क्रममा स्थानीय यूवा निकै हौसिएर उनलाई साथ दिईरहेका थिए ।
उनले आफ्नो प्रस्तुतीका क्रममा ‘चुँईगम पड्काउन्या, अब दारु सड्काउन्या’, ‘तेरै लागि ओई दौडिआयाको, सेतीकाली हई पौडी आयाको’, ‘अबदेखी दारु चुरोट खान्न बिद्यानाश’ लगायतका दर्जनौ गीत गाए ।
उनले लगातार ‘डान्स नम्बर’ का गीतहरु पस्किरहदा दिपायलका युवा दर्शकहरु निरन्तर नाँचेका थिए । जसलाई रोक्न प्रहरीले निकै मेहनत गरिरहेको थियो ।
उनी बाहेक शनीबारै अर्का लोक पप गायक मेघजनको गर्जनले पनि दिपायल निकै तात्यो । उनले आफ्नो ‘मलाई नभई नहुने, चुरोट र गाँजा’ बोलको गीतमा रहेको ‘राजा भन्या राजा’ वाक्य दर्शकहरुले निकै रुचाएका थिए । जुन गीत दिनको अन्तमा चक्र बम र मेघजनले संयूक्त गाएका थिए । सो गीत चक्रको शब्द र मेघजनको स्वरमा बजारमा छ । यसबाहेक मेघजनले आफ्नोे ‘भ्रष्टाचार भयो हेर तिम्रो मायामा’ लगायतका चर्चित गीत पस्केका थिए । अर्का स्थानीय लोकपप गायक नेत्र ठकुल्लाले पनि ‘डान्स नम्बर’मै गीत पस्कदा दिपायलको माहौल दिनभर पुरै नाच्यो । शनीबार उद्घोषक सोभा त्रिपाठीले पनि आफ्ना चर्चित गीतहरु पस्केर दर्शकलाई मनोरञ्जन दिँदा हाँस्यकलाकार तथा गायक हरिश रावलले पनि प्रस्तुती राखेका थिए ।


दिपायलमा शुक्रबारबाट सुदूरपश्चिम प्रादेशिक महोत्सव शुरु भएको हो । महोत्सव फागुन ५ गतेसम्म गरी १० दिन चल्ने छ । शनिबार महोत्सवमा १ लाख ३० हजारको टिकेट बिक्रि भएको छ । आयोजकले ¥याप्टिङको टिकेटबाट प्रतिटिकेट रु ५ र प्रवेश टिकेटबाट प्रतिटिकेट रु १ पर्यटन प्रबृद्धनका लागि छुट्याएको आयोजक उद्योग वाणीज्य संघका महासचिव दिपक खड्काले बताए ।
आइतबार ¥यापर तथा गायक आर.जे., लोक देउडा तथा आधुनिक गायक विष्णु भट्ट, नायक मोडल तथा गायक बिनोद बोहरा ‘बोगटानी किङ्ग’ र लोक तथा देउडा गायिका कल्पना बिसि लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...