सुजङ्ग अस्पतालमा तीनजना बिरामीको सफल शल्यक्रिया

243

पवन महरा
डोटी २६ माघ
सुजङ्ग अस्पतालमा तीनजना बिरामीको शल्यक्रिया गरिएको छ । अस्पतालले शुक्र र शनिबार विशेषज्ञ चिकित्सक बोलायर हाडजोर्निका बिरामीको शल्यक्रिया गरेको हो ।


त्रिभुवन विश्वबिद्यालयका बरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ चितवन मेडिकल कलेजमा कार्यरत डाक्टर अनिलराज रेग्मी (MBBS, MS, Ortho, Trauma Sport & Endospine Surgeon) र सुजङ्ग अस्पतालमा कार्यरत डाक्टर परमेश्वर महतो (MBBS)ले शल्यक्रिया मार्फत बिरामीको रड निकालेको अस्पतालले जनाएको छ ।
अस्पतालमा शिखर नगरपालिका ३ जोरागाउँका कालु भुल, शिखर नगरपालिका ६ की निलु बलायर र बैतडी ढुङ्गाणका कैलाश धामीको शल्यक्रिया गरिनुका साथै १ सय २२ जना बिरामीलाई उपचार तथा परामर्श दिएको सुजङ्ग अस्पतालका सुचना अधिकारी अर्जुन बलायरले बताए । अस्पतालले दुइ दिन सम्म संचालन गरेको शिविरमा वाथरोग, हाड जोर्नी, नशा रोग सम्बन्धि उपचार गरेको थियो ।
शल्यक्रिया गर्न जिल्ला बाहिर जाँदा हुने यातायात र खाना खर्चमा लाग्ने रकम बाटै भाईको शल्यक्रिया भएको बिरामी कालु भुलका दाई राम सिहं भुलले बताए । उनले भने,‘भाइको हातको रड धेरै पहिले नै निकाल्नु पर्ने थियो तर आर्थिक अभावले अप्रेसन गर्न सकेको थिएन । अहिले बाहिर जाने यातायात खर्च मै सुजङ्ग अस्पतालले भाइको उपचार गरेपछि ठुलो राहत महशुस भएको छ ।’
जिल्लामा सामान्य अप्रेसन गर्न सक्ने जनशक्ति तथा पुर्वाधार नभएका कारण जनताहरुले महङ्गोमा काठमाण्डौं, धनगढी, कोहलपुर तथा भारतका बिभिन्न ठाउहरुँमा जानुपर्ने बाध्यता हरेको छ । अब यो बाध्यताबाट टाढा राख्न अस्पतालले नयाँ व्यवस्थापन गर्ने जमर्को गरेको छ अस्पतालका संचालक पुष्कर पनेरुले भने,‘हामी संग पर्याप्त स्रोत साधन तथा अस्पताललाई चाहिले भौतीक पुर्वाधारहरु छन् । अहिले पनि एक जना एमबिबिएस डाक्टर तथा अन्य चिकित्सकहरु पनि छन् । केही जनशक्ति अझै थपेर यस क्षेत्रकै नमुना अस्पताल बनाउँन लागि परेका छौं ।’ डोटीको राजपुरमा स्थापीत अस्पतालले अहिले पनि बिभिन्न समयमा बिशेषज्ञ चिकित्सक बोलायर सेवा दिदै आएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...