चन्दा दिने मिठि मायालाइ सम्मान !

88

चितवन, २३ पुस । सुर्य ज्योती माध्यमिक बिद्यालय जिता लमजुङले आप्नो ४४ औ बार्षिकोत्सब सम्पन्न गरेको छ । बार्षिकोत्सबको अवसरमा बिद्यालयको आर्थिक अवस्था उकास्नको लागि अभिभावकहरु तथा बिभिन्न चन्ददाताहरुले सहयोग गरेका छन । 

विद्यालयलाई कृष्ण बहादुर कामी, जित बहादुर कामी, गोपी बहादुर कामी ,अमृत बिस्वकर्मा ,शम्शेर बिस्वकर्मा, सोमबहादुर बिस्वकर्मा, मंगल बिस्वकर्मा ,सीता बिस्वकर्मा,आमा मिठि माया कामी र संयुक्त परिवारले बिद्यालयको स्तरोन्नति गर्न ५० हजार सहयोग गरे । स्वर्गिय बुबाको सम्झनामा २५ हजार अक्षय कोषमा समेत जम्मा गरिएको छ । बिधार्थीहरुको पढ्ने बताबरणमा हौसला प्रदानको लागि कक्षा ८ बाट बाषिक परिक्षामा उत्कृष्ट अङक ल्याउने एक जना छात्र र एक जना छात्रालाई एक÷एक हजार प्रदान गरे । एसइइमा उत्कृष्ट अङक ल्याउने एक जना छात्र र एक जना छात्रालाई समान १५ सय नगद पुरस्कार पनि प्रदान गरेका हुन् । चन्दा दिने परिवारको जेष्ठ सदस्य आमा मिठि माया कामीलाई बिद्यालयले बिशिष्ट अतिथिको रुपमा सम्मान पनि गरेको थियो ।

२०३२ सालमा स्थापना भई प्राथामिक तहबाट पठनपाठन सुरु भएको बिधालय २०५२ सालमा निम्न माध्यामिक तहको स्वीकृत प्राप्त गरेको थियो त्यस्तै २०६३ सालबाट माध्यामिक तहको मान्यता प्राप्त गरी अहिले कक्षा १० सम्म पठनपाठन भईरहेको छ । सानो रुपले सुरु भएको बिधालय अहिले जिता लमजुङको उत्कृष्ट बन्दै गएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...