बहुउद्देशीय पानी प्रणालीमा पहल

184

पवन महरा
डोटी २३ मंसिर
पहल परियोजनाले डोटीका दुई गाउँपालिकामा बहुउद्देशीय पानी प्रणाली योजनाहरु निर्माण गरिरहेको छ । सामुदायिक विकास केन्द्र डोटीले सहजिकरण गरिरहेको वैकल्पिक जिविकोपर्जन पवर्धन (पहल) कार्यक्रमले उक्त योजनाहरुमा काम गरिरहेको छ ।


डोटीमा ३ बर्ष देखी संचालनमा रहेको पहल परियोजनाले डा. केआईसिंह गाउँपालिकाको वडा नं. १, २ र ३ बोगटान गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा काम गरिरहेको छ । यस क्रममा परियोजनाले बहुउद्देशीय पानी प्रणाली योजनाहरु निर्माणका साथै बिभिन्न गोष्ठिहरु पनि गरिरहेको छ । बहुउद्देशीय पानी प्रणालीबाट सिचाई र पिउनका लागि पानी प्रयोग गर्न सकिन्छ ।
यसका साथै परियोजनाले सिचाइका लागि नयाँ प्रबिधिहरुको पनि प्रवद्धन गरिरहेको परियोजनाका इन्जिनीयिर सागर सिंह सेवाल बताए । जस अन्तरगत रिचार्ज पोण्ड, बर्षा पम्प, थाइजार, सोयल सिमेण्ट पोखरी, प्लास्टिक पोखरी ,साना सिचाइका प्रबिधि , थोपा सिचाइ , स्प्रिङ्कल आदी पर्दछन् । यस्ता प्रबिधिहरुको प्रयोगले समयको बचत हुनुका साथै पानिको स्रोत अभाव भएको ठाउँमा थोरै पानिले पनि सिचाँइ गर्न सकिन्छ ।
यसै अन्तरगत परियोजनाले आइतबार पानी प्रणालीका बिषयमा कार्यसाला गोष्ठी सम्पन्न गरेको छ । केआइसिंह गाउँपालिका र बोगटान गाउँपालिकाको संयूक्त कार्यशाला गोष्ठिमा पानीका स्रोतहरुको व्यवस्थापन, पानीको गुणस्तर, मुहान दर्ता, उपभोक्ता समिती दर्ता, ममर्त सम्भार कोष, जलस्रोत ऐन, बहुउदेस्यिय पानी प्रणाली र पानीका प्रबिधिहरुको पवर्धनका बिषयमा छलफल भएको थियो ।
जलस्रोत ऐन २०४९ संशोधन नहुँदा समस्या
छलफलका क्रममा सहभागिले देश संघियतामा गएको लामो समय भैसक्दा पनि जलस्रोत ऐन २०४९ संशोधन नभएका कारण उपभोक्तारुलाइ समस्या परिरहेको बताए । कार्यक्रममा बोल्दै केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहील उपभोक्ता समिति दर्ता लगायतका प्रक्रियागत कामहरु कहाँ कस्ले कसी गर्ने भन्ने अन्यौलता रहेकोे बताए । उनले भने,‘ बिषय गत कार्यालयहरु समायोजन भएपछि पानिका मुहान र उपभोक्ता समिति दर्ता प्रक्रिया अन्यौलमा छ । ति समस्याहरुको समाधानका लागि कानुनी अभ्यास सहकार्य भैरको छ ।’ जलवायु परिवर्तनका कारणले पानीका स्रोतहरुमा देखा परेका असरहरुलाई न्युनिकरणका लागी पानीका स्रोतहरुको संरक्षण गरी सबै उपभोक्तालाई सहज रुपमा सुरक्षित पिउने पानी उपलब्ध गर्नका लागी पनि गाउपालिकाले पहल गरिरहेको अध्यक्ष शाहीले बताए ।
मुहान दर्ता र उपभोक्ता समिती दर्ता प्रकृया अन्यौलमा रहेको प्रश्न माथि प्रकाश पार्दै केआईसिंह गाउँपालिकाका कानुनी सल्लाहाकार गोबिन्द जोशीले जलस्रोत ऐन २०४९ संशोधनको प्रक्रियामा रहेको बताए । उनले भने,‘नयाँ संरचना अनुसार जिल्लाका अड्डाहरु कुनै केन्द्रको मातहतमा र केहि प्रदेशको मातहतमा सन्चालनमा छन् । जिल्ला बिकास कार्यलय पनि जिल्ला समन्वय समितिमा रुपन्तण भएको छ । त्यसैले मुहान दर्ता र उपभोक्ता समिती दर्ता प्रकृया अन्यौलमा छ । सरकारले कर्मचारी समायोजन संगैं ऐन पनि संशोधन गर्ने तयारीमा छ । साहेद यसको प्रक्रियागत काम सम्बन्धित स्थानीय तह मातहतमा आउँने छ । स्थानीय सरकारले आफेनो छुट्टै कानुन बनायर लागु गर्न सक्छ ।
पानीका मुहानहरु अहिले पनि कुनै न कुनै रुपमा प्रयोगमा छन्,‘बोगटान गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले भने,‘तीनको दिगो व्यवस्थापनका लागि हाम्रो गाउँपालिकाले गुरु योजना बनाइ पानिकाको स्रोतको उचित व्यवस्थापन गरी पानी उपलब्ध गराउने तयारीमा छ । त्यसमा पहल परियोजनाको सहयोगको अपेक्षा गरेका छौं ।’
कार्यक्रमबोल्दै सामुदायिक विकाश केन्द्रका उपाध्यक्ष सुनिल घर्तिले पानीका योजनहरु दिगो रुपमा सन्चालन गर्न गुस्तरिय निर्माण सामाग्रीहरुको प्रयोगमा गर्न आग्रह गरे । परियोजनाहरुले छोटो समयका लागि मात्रै काम गर्ने भएकाले उपभोक्ताहरुको सहभागितले योजना दिगो हुने उनको भनाइ थियो । पानीको समान बितरण, पानीको गुणस्तरको चेकजाँच पटक पटक गर्दा गुणस्तरिय पानी उपलब्द हुन्छ र उपभोक्ताहरुले निरन्तर स्वच्छ खानेपानी पाउँछन् उनले भने,‘तसर्थ उपभोक्ता समिति जिम्मेबार र सहभागितात्मक हुनुपर्छ ।
परियोजनाले पानीका स्रोतहरु लाई व्यवस्थित गरी सुरक्षित पिउने पानीका साथै स्वास्थ्य सरसफाईमा परिवर्तन गराइ, बचेको पानीले कृषी उतपदानमा बृदी गराउँने र गरीब तथा संकटासन्न परिवरको खाध्य सुरक्षित गर्ने लक्ष लिएको परियोजनाका जिल्ला संयोजक हिम बहादुर बिस्वकर्माले बताए ।
कार्यक्रममा सामुदायिक बिकास केन्द्रका सब इन्जिनीयिर सागर सिंह सेवाले बहुउद्देशीय पानी प्रणाली र पानीका स्रोत र त्यसको दिगो व्यवस्थापानको बिसयमा प्रस्तुती प्रस्तुत गरेका थिए ।
दुबै गाउँपालिकाका प्रमुख उपप्रमुख, वडाध्यक्ष, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको कार्यक्रममा खानेपानी तथा ढल निकाश कार्यलय राजपुर डोटीका सब ईन्जिनीयर मनुराम लामिछने, सामुदायिक विकाश केन्द्रका हर्क बहादुर बलायर, उपभोक्ता समितीका पदाधिकारीहरु, निर्माण सामाग्री सप्लायर्सका प्रतीनइधी उद्योग बाणिज्य संघ केआईसिंह साखाकी सचिव पुरन बम लगाएकतको सहभागिता रहेको थियो ।


डा. केआईसिंह गाउँपालिको वडा नं. २ तिखातर लेकगडामा आयोजना गरेको बहुउद्देशीय पानी प्रणाली कार्यक्रमको सन्चालन सामुदायिक बिकास केन्द्रका दिपक ओझाले गरेका थिए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...