शिखर नगरपालिकाद्वारा मोबाइल एप सार्वजनिक

270

पवन महरा
डोटी २० पुष
शिखर नगरपालिकाले ‘शिखर नगरपालिका एप’ नामक मोबाइल एप निर्माणम गरेको छ । नगरवासीहरुको सूचनाको हक प्रत्याभुतिको लागि मोबाइल एप निर्माणम गरि सार्वजनिक गरेको नगरप्रमुख सिताराम जोशिले बताए ।

नगरपालिकाका सम्पुर्ण गतिबिधिहरु समावेश गरिएको उक्त मोवाइल एप प्ले स्टोरमा निशुल्क डाउनलोड हुने गरि राखेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त एप भित्र नगरपालिकाले दिने सेवाहरु, नगरपालिकाको बजेट तथा कार्यक्रम, विभिन्न सुचना तथा जानकारी, वडाह?को विवरण, नगरपालिकाको नक्शा, नगरपालिका भित्रका महत्वपुर्ण स्थानहरु, आपतकालीन सम्पर्क नम्बरहरु राखिएको छ । साथै एप भित्र मोबायलबाटै लेखेर नगरपालिकालाई सुझाव तथा गुनासो दिन मिल्ने व्यवस्था समेत गरेको नगरपालिकाका सुचना प्रबिधि अधिकृत कसिस मल्लले बताए । एपमा नगरपालिका सम्बन्धि सम्पुर्ण जानकारी तथा सर्वसाधारण सबैले समस्या दर्ता गर्न पाउने सुबिधा पनि राखिएको छ ।
मोवायल एप सार्वजनीक गर्दै नगरप्रमुख जोशिले एपका कारण गर्दा प्रशासनिक निकाय जिम्मेवार हुने । भ्रष्टाचार नहुने, हरेक गतिबिधि पारदर्शि शुने र नगरका हर क्रियाकलापह? सहभागितात्मक हुनेमा बिश्वास व्यत्त गरे । नगरपालिका भित्रका सुचना तथा जानकारी, तथ्याङ्क विवरण जन स्थरमा छिटो छरितो सहज तवरले पु¥याउँन डोटीमा पहिलो पटक आफुहरुले सुचना प्रबिधि बिभागको सहकार्यमा मोवायल एप निर्माण गरेको नगर उपप्रमुख धौली देवी रावलले बताइन् ।
यस अघि नगरपालिकाले आफ्नै वइवसाइड निर्माण गरेर नगरपालिकाका हरेक गतिबिधि राख्ने गरेको थियो । अहिले वईवसाइडमा राखिएका सम्पुर्ण दस्तावेजहरु मोवायलमा सहजरुपले हेर्न सकिने गरेर एपमा राखिएका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...