गाउँमा पहिलो पटक एमबिबिएस डाक्टर :- स्थानियले गरे भव्य स्वागत

94

पवन महरा
केआईसिंह, २० मंसिर
गाउँको स्वास्थ्य चौकीमा बसेर स्वास्थ्य सेवा दिन एमबिबिएस डाक्टर गाउँ पुगेका छन् । डा.के.आई.सिंह. गाउँपालिको पहलमा पहिलो पटक डाक्टर राजु गुरूङ दुर्गामाण्डौ स्वास्थ्य चौकीमा पुगेका हुन् ।


गाउँपालिकाको लगानीमा स्वास्थ्य चौकीमा पुगेका डाक्टर गुरूङको बुधबार एक कार्यक्रमका बिच स्थानीय बासीले भव्य स्वागत गरिएका छन् । स्वागत कार्यक्रममा गाउपालिकाका अध्यक्ष लोकेन्द बहादुर शाही सहित जनप्रतिनिधि , कर्मचारी , स्वास्थ्यकर्मी तथा स्थानीयले डाक्टर गुरूङको फुलमाला र अबिर लगाएर भव्य स्वागत गरेका थिए । सुदूरपश्चिम प्रदेशमा गाउँपालिकाको पहलमा स्वास्थ्य चौकीमा डाक्टर ल्याउने केआईसिह पहिलो गाउँपालिका बनेको छ ।
डा. गुरूङले यस अघि डेढ बर्ष अछाममा सेवा गरेका थिए । डाक्टर गुरूङले पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान काठमाडौबाट सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन पुरा गरेका छन् । स्वागत कार्यक्रममा बोल्दै डाक्टर गुरूङले केआईसिंह गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्वता गरे । उनले भने,‘स्थानीयले मलाई भव्य कार्यक्रमका साथ जसरी फक्रिएका सुन्दर गुच्छाहरुले स्वागत गरेका छन्, मैले पनि यहाँका बिरामीहरुको सक्दो सेवा गरेर हर व्यक्ति यि फुलका गुच्छा जस्तै मुस्कुराउने वातावरण बनाउन सक्दो योगदान गर्ने छु ।’


डाक्टर गुरूङको स्वागत गर्दै गाउँपालिका अध्यक्ष शाहीले आफुले निर्वाचन अघि जनतासँग गरेको प्रतिबद्वता अनुसारको काम गर्दै आएको बताए । उनले दुर्गाामाण्डौ स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पताल बनाउन समेत पहल गरिरहेको बताए । यस अघि पनि गाउँपालिकाको पहलमा दुर्गाामाण्डौं स्वास्थ्य चौकीमा ल्याव सेवाको सुरू भैसकेको छ । अध्यक्ष शाहीले भने,‘स्थानीयहरुले उपचारका लागि भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकामा डाक्टर भित्र्याएका छौं । अब स्वास्थ्यचौकीमा यथाशीघ्र एक्सरे मेसिन जडान गरेर सेवा सुरु गरिने छ । उनले थपे स्थानिय बासिले अबका दिनमा सःशुल्क आफ्नै गाउँमा स्वास्थय उपचार गर्न पाउँने छन् ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज शर्माले जनतालाई स्थानिय सरकारको प्रत्याभुति दिन गाउँपालिका लागिपरेको बताए । सबैको सहकार्य र हातेमालोबाट मात्रै बिकास सम्भव भएकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सबैले सहयोग गर्नु पर्ने बताए ।
ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी , उपचारका लागि आवश्यक उपकरण तथा स्रोतको अभावमा लामो समय र रूपैयाँ खर्च गरेर शहरमा उपचार गर्नु पर्ने अवस्था छ । सामान्य रोगका लागि पनि केआईसिंह गाउँपालिकाका स्थननियले दिपायल , सिलगढी तथा बाहिरी जिल्ला धाउनु पर्ने बाध्यता हटेको स्वास्थ्य ईकाइ संयोजक तिल बहादुर बोहराले बताए ।


बुधबार गाउपालिकामा आएका डां गुरूङले ज्येष्ठ नागरिकहरूको चेकजाँच गरेर सेवा सुरू गरेका थिए । स्थानिय शेर बहादुर खड्काले गाउँघरमै डाक्टर उपलब्ध भएपनि गरिब, बिपन्न लगायतले राहत पाउनेमा बिश्वस्त रहेको प्रतिकृया दिए । पछिल्लो समय गाउँपालिकाले जनमुखी भयर काम गरेको देख्दा सिंहदरबारको अधिकार साच्चै गाउँमा पुगेको महशुस हुनेगरेको स्थानीयहरु बताउँछन् ।
पहाडी जिल्लाका दुर्गम स्वास्थ्य चौकीहरुमा कार्यरत रहदा अहेव समेत चाँडै सरुवा गरेर जाने, औषधि उपकरण तथा स्रोत साधनको कमि देखिने, डाक्टरहरु गाउँछिर्न नमान्ने, स्वाथ्य क्षत्रमा कार्यरत कर्मचारी सहरमुखी हुने जस्ता समस्याले जनताहरुले सास्थी भोग्दै आएकाछन् । यस्तो समस्याका बिच केआइसिंह बासिले गाउँमै डाक्टरबाट स्वास्थ्य उपचार पाउँने भएकाछन् ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here