जेसिज सप्ताहमा गीतानगर जेसिजको युवा लक्षित प्रभाबकारी भाषण र जीवन चक्र तालिम सुरु 

101

भरतपुर मङ्सिर २० । जेसिज सप्ताह सुरु भए संगै गीतानगर जेसिजले कार्यक्रमहरु सुरु गरेको छ । जेसिज सप्ताहको अबसरमा आज बाट प्रभाबकारी भाषण र जीवन चक्र (Effective Public speech & Life Circle )को तालिम सुरु भएको हो । 

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल जेसिजका पुर्व अध्यक्ष जेसीआइ सिनेटर दिनेश कोइरालाले जेसिस सप्ताह जेसिजहरुका लागि पर्व भएको बताए । जेसिज समाज परिवर्तनको बाहक भएकाले तालिम र अवसरको माध्यमबाट युवालाई सचेत बनाइ समाज र राष्ट्रलाइ सकारात्मक परिवर्तनमा भूमिका खेल्ने कोइरालाको भनाइ थियो । “पछिल्लो समय देशमा हरेक क्षेत्रमा बिकृति बढेको छ, बिकृतिलाइ रोक्न जेसिज युवाले कर्तव्यबोध गरि सकारात्मक कामको लागि हालेमालो गर्नु पर्छ ।” उनले भने,“समाज रुपान्तरणका लागि आजैबाट काम थाल्न पर्छ भन्ने भावनाको विकास गर्नु पर्छ ।” देशको अवस्था बिग्रिनुमा सबै नागरिकको हात रहेको उनको बुझाइ छ । 

युवाहरुमा बोल्ने कलाको बिकास गरि जीवन चक्र र यसको चरणको बारेमा बिशेष प्रशिक्षण गरिने गीतानगर जेसिजका अध्यक्ष नारायण पौडेलले बताए । उनले सामाजिक काममा युवाहरुको प्रभाबकारी उपस्थिति र युवालाइ सक्षम बनाउने हेतुले कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा भरतपुर–६ का वडा अध्यक्ष हरिबिलाश कोइराला , गीतानगर जेसिजका पुर्व अध्यक्ष बिदुर केसी , अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष एबम रास्ट्रीय दुग्ध विकास बोर्डका सदस्य भगिरथ तिमल्सेना लगाएतले बोलेका थिए । जेसिज रास्ट्रीय प्रशिक्षक एबम संचारकर्मी रमेश अर्यालले प्रभाबकारी भाषण र जीवन चक्रका बारेमा प्रशिक्षण गराउनेछन । प्रशिक्षणमा करिब ४० युवाको सहभागिता छ ।

Loading...

11 कमेन्टहरु

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here