डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति पुर्वमन्त्रीद्वारा दुःख व्यक्त

164

एनपिएल न्यूज
काठमाण्डौं १८ मंसिर
पुर्व मन्त्री भक्तबहादुर बलायरले मंसिर ६ गते डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पुर्वमन्त्री बलायरले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो संख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहित भएको बताउनुभएको छ । उहाँले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
पुर्व मन्त्री बलायरले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारलाई घाइतेहरुको उपचार खर्च र मृतकका परिवारलाई राहत दिन माग गर्नु भएको छ । नीजि स्कुलको बस दुर्घटनामा परेकाले बिमा लगायत अन्य प्रक्रियागत रुपमा राहत प्रदान गर्न कठिनाई भएकाले पनि सरकार यो घटनाप्रति बढी जिम्मेबार हुनु पर्ने बताउँदै पुर्वमन्त्री बलायरले आफुले पनि घाइतेहरुको उपचारका लागि सक्दो सहयोग गरिरहेको बताउँनु भयो ।
घटनाका मृतृकको १३औं दिनको पूण्य तिथीमा बलायरले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रती समवेदना प्रकट गर्नुभएको हो ।
यही मंसिर ६ गते डडेल्धुरा, रडुवाखोलामा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here