रंगोलीमा निर्मला पन्तको सम्झना, सामाजिक संजालमा तस्बिर भाइरल (फोटो फिचर)

21

काठमाडौँ कात्तिक २१ ।  तिहारको तेस्रो दिन अर्थात् धनकी देवी लक्ष्मीलार्इ देशभर पूजा गरिएको छ । पूजाका क्रममा बुधबार साँझ हरेकका घर घरमा रंगोली बनाएर लक्ष्मीको स्वागत गरियो ।

रंगोली बनाउने क्रममा यो पटक गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तलार्इ पनि स्मरण गरिएको छ । रंगोलीमै केहीले उनको मुखाकृति बनाएर दीपावलीका क्रममा लक्ष्मी पूजा गरे ।

त्यसैगरी कतिपयले सूर्य चिन्ह भएको रंगोली बनाएको भेटियो । अन्यले फरक फरक किसिमका रंगोली बनाएर लक्ष्मीको स्वागत गरे । तिहारको तेस्रो दिन दीपावलीका क्रममा पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले नेपाल प्रहरीको लोगो भएको रंगोली बनाएको फोटो फेसबुकमा अपलोड गरेका छन् ।

त्यसैगरी मजदुर नेता भीम रार्इ ज्वालाले सूर्य चिन्हसहितको रंगोली बनाएर लक्ष्मीको स्वागत गरेका छन् । हिमालदेखि तरार्इसम्म लक्ष्मीपूजाका क्रममा विभिन्न किसिमका रंगोली बनाएर दीपावली समेत गरिएको छ ।

के हो रंगोली ?

खास गरी रंगोली नेपाल र भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोककला हो । पछिल्लो समय नेपालका प्राय सबै भूभागमा रंगोली बनाउने चलन चलिरहेको छ । मानिसहरूले रंगोली फरक फरक शैलीका बनाउने गरेका छ । यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ । फरक फरक रंगले विविधता र विभिन्न आयामलाई प्रदर्शित गर्दछ ।

रंगोली तिहारसँगै सामान्यतः पर्व, व्रत, पूजा, उत्सव विवाह आदि शुभ अवसरमा सुख्खा र प्राकृतिक रङ्गहरूबाट बनाइन्छ । यसमा साधारण ज्यामिति आकार वा देवी देवताहरूको आकृतिहरू बनाउन सकिन्छ । यसको प्रयोजन सजावट र सु-मंगल छ । यसलाई प्रायः घरका महिलाहरूले बनाउँछन् ।

विभिन्न अवसरमा बनाइने यी पारम्परिक कलाकृतिहरूको विषय अवसर अनुसार अलग-अलग हुन्छ । यसको लागि प्रयोगमा ल्याइने पारम्परिक रङ्गहरूमा पिसेको सुख्खा वा गिलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गको प्रयोग गरिन्छ । अहिले रंगोलीमा रासायनिक रङ्गहरूको प्रयोग पनि हुन थालेको छ ।

रंगोलीलाई ढोकाको बीचमा, आँगनको केन्द्र र उत्सवको लागि निश्चित स्थानको बीचमा वा चारैतर्फ बनाइन्छ । कहिलेकाहीँ यसलाई फूल, लठ्ठी वा कुनै अन्य वस्तुको पदार्थ वा चामल अन्नबाट पनि बनाइन्छ । अन्नपुर्ण पोस्टमा समाचार छ ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here