देउवाद्वारा चिनियाँ राष्ट्रपति सीलाई बधाई

76

एनपिएल न्युज काठमाडौं कार्तिक ८ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय कांग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुन: निर्वाचित भएकामा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बुधबार बधाई दिएका छन् । देउवाले सीलाई पठाएको बधाई सन्देशमा सीको महासचिव पदमा दोस्रोपटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत भएको उल्लेख गरेका छन् ।

file photo

उनले सन्देशमा चिनियाँ जनताको सामाजिक, आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको उल्लेख गर्दै ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरूबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सीको दृष्टिकोणको सराहनासमेत गरेका छन् । आगामी दिनमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झाँगिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

Loading...