यु १७ विश्वकप फुटबल : ब्राजिललाई ३–१ ले हराउँदै इंग्ल्याण्ड फाइनलमा

109

एनपिएल न्युज कात्तिक ८ : १७ वर्ष मुनिको विश्वकप फुटबलमा ब्राजिललाई हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको छ । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको ह्याट्रिकमा ब्राजिललाई इंग्ल्याण्डलले ३–१ को गोल अन्तरले हराएको हो ।  खेलको १० औं मिनेटमा ब्रिउस्टरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा ब्राजिलका वेस्लेले गोल गर्दै बराबरी गरेका थिए । खेलमा हाबी भए पनि ब्राजिलले गोल भने गर्न सकेन । पटकपटक आक्रमणको अवसर बनाए पनि ब्राजिल गोल गर्नबाट भने चुक्यो ।

कोलकत्ताको विवेकानन्द भारती युवा मैदानमा भएको खेलमा ब्राजिलले दर्शकको साथ भए पनि त्यसको फाइदा भने उठाउन सकेन । अब इंग्ल्याण्डले फाइनलमा स्पेन र मालीबीचको खेलको विजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ । अहिले स्पेन र माली खेलिरहेका छन् । यो समाचार तयार पार्दासम्म पहिलो हाफको खेल चलिरहँदा स्पेन १–० ले अगाडि रहेको छ ।

Loading...