मेसीलार्इ पछि पार्दै रोनाल्डो बने फिफा वर्ष खेलाडी

93

एनपिएल न्युज ७ कात्तिक, काठमाडौं : क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि जित्ने क्रममा उनले अर्जेन्टिनी लियोनल मेसी र ब्राजिलियन नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका थिए । यसैबीच बार्सिलोनाकी लिक मार्टेन्सले उत्कृष्ट महिला खेलाडी र जिनेदिन जिदानले उत्कृष्ट पुरुष प्रशिक्षकको उपाधी जितेका छन् ।

Loading...