७ नम्बर प्रदेश स्तरीय क्रिकेट : पहिलो दिन एससिसि सिलगढी र एसवाईसि दिपायल बिजयी

73

केशबचन्द्र महरा डोटी असोज २८ : शुक्रबारबाट दिपायलमा शुरु भएको ‘प्रदेश स्तरीय एकता क्रिकेट कप’को तेस्रो संस्करण अन्तर्गत शनीबारबाट प्रतियागितात्मक खेलहरु शुरु भएका छन् । प्रतिगोगिता अन्तर्गत शुक्रबार अबेर दिउँसो उद्घाटन समारोह मात्रै सम्पन्न भएको थियो । प्रतियोगिता अन्तर्गत शनीबार दुई खेल समाप्त भए । पहिलो खेलमा एससिसि सिलगढीले जित निकाल्दा अत्यन्तै प्रतिस्पर्धात्मक भएको दोस्रो खेलमा एसवाईसी दिपायलले शुरुवाती जित निकाल्न सफल भएको छ । 

बिहान भएको प्रतियोगिताको पहिलो खेलमा एससिसि सिलगढीले राजपुर प्रिडेटर्सका बिरुद्ध ८ विकेटको सहज जित निकाल्यो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको राजपुर प्रिडेटर्सले निर्धारित १५ ओभरको खेलमा ८ विकेट गुमाउदै एक सय ४२ रन जोडेको थियो । जसक्रममा प्रिडेटर्सका बिबेक कठायतले टिमका लागि सर्बाधिक ३० र कैलाश कठायतले २८ रन जोडेका थिए । प्रिडेटर्सले अतिरिक्त रनमात्रै ४९ पाएको थियो । बलिङमा एससिसिका भवेष केसीले ३ र बिबेक खड्काले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको एससिसिले उत्कृष्ठ ब्याटिङ प्रदर्शन गरेर १२ ओभर २ बलमै दुई विकेट गुमाएर लक्ष्य हासिल ग¥यो । जसक्रममा उपेन्द्र कठायतले ४३, आयूष घलेले ३६ र सन्तोष केसीले २३ रन जोडेका थिए । बलिङमा प्रिडेटर्सका कैलाश कठायतले मात्रै २ विकेट निकाल्न सके । दिउँसो सम्पन्न भएको प्रतिस्पर्धात्मक खेलमा दिपायलको एसवाईसी क्लबले शिखर नगरपालिका तल्कोटको टिमलाई २ रनले पराजित ग¥यो । टस जितेर पहिले फिल्डिङ रोजेको शिखर नगरपालिकाको टिमले एसवाईसि दिपायललाई १४ ओभरमा अलआउट गर्दै एक सय १८ रनमा रोकेको थियो । सो क्रममा एसवाईसिका लागि हर्क सुनारले ३१ र राजु सुनारले २३ रन जोडे । बलिङमा शिखर नगरपालिकाका सागर मल्ल र उपेन्द्र मल्लले ३÷३ विकेट निकालेका थिए ।

दोस्रो ईनिङ अत्यन्तै प्रतिस्पर्धात्मक र रोचक बन्यो । दुबै टिम जितका लागि १५ ओभरसम्म भिड्दा शिखर नगरपालिकाको टिम अन्तिम १५ औँ ओभरमा एक सय १६ रन मात्रै जोडेर अलआउट हुन पुग्यो । खेल एसवाईसिले २ रनले आफ्नो पक्षमा पा¥यो । शिखर नगरपालिकाका तर्फबाट उपेन्द्र मल्लले ३७ र नविन मल्लले २२ रन जोडेका थिए । बलिङमा एसवाईसिका भरत माझी र राजु सुनारले ३÷३ र नविन थापाले २ विकेट निकाले ।

डोटी उद्योग बाणिज्य संघ र सिवाईएस्टी क्लबको संयूक्त आयोजनामा प्रतियोगिता आयोजना यो प्रतियोगिता भैरहेको हो । एक लाख प्रथम पुरस्कार राशी रहेको यो प्रतियोगितामा द्वितिय पुरस्कार राशी ५० हजार रहेको छ । प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका छन् । डोटी उद्योग वाणिज्य संघले लगातार तिनबर्षदेखी ‘एकता क्रिकेट कप’का नामबाट यो प्रतियोगिता आयोजना गर्दै आएको छ । गत संस्करणदेखी प्रदेश स्तरीय खुल्ला रुपमा सञ्चालन भैरहेको यो प्रतियोगिता दिपायलको ‘खप्तड रंगशाला’मा हुदै आएको छ ।

Loading...