प्रदेश स्तरीय तेस्रो एकता कप क्रिकेट प्रतियोगिता डोटीको खप्तड रंगशालामा शुरु

57

केशबचन्द्र महरा, डोटी असोज २७ : तेस्रो ७ नम्बर प्रदेश स्तरीय एकता कप क्रिकेट प्रतियोगिता आज दिपायलमा शुरू भएको छ । राजपुरस्थित खप्तड रंगशालामा शुरु भएको प्रतीयोगिता डोटी उद्योग बाणिज्य संघ र सिवाईएस्टी क्लबको संयूक्त आयोजनामा शुरू भएको हो। प्रतियोगिताको नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले उद्घाटन गर्नुभयो ।

तीन संस्करण देखी आयोजना हुँदै आएको प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख रहेको छ भने द्वितीय हुने टिमले ५० हजार जित्नेछ ।

प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक सवाईएस्टी क्लबका खेल संयोजक रोसन कठायतले जनाकारी दिए । साथै प्रतियोगिताका उत्कृष्ठ ३ जना खेलाडीहरुलाई पनि ५-५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

‘हामीले बिगतमाझैँ यसपल्ट पनि एकता क्रिकेट कप–२०७४’ आयोजना गर्न गैरहेका छौ,’ डोटी उद्योग बाणिज्य संघका अध्यक्ष खड्काले भने,‘बिगतको निरन्तरता, खेलकुदमार्फत रचनात्मक सामाजिक उत्तरदायितव बहन गर्ने र प्रदेशको राजधानी दिपायल कायम गराउन दबाव दिने पनि हाम्रो उद्देश्य हो ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथी देउवाले प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरुको पहिचान भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थर सम्म पुग्ने विश्वास राख्नुका साथै खपतड रंगशालालाई राष्ट्रिय स्थर सम्मका खेलहरु खेल्न सक्ने गरि व्यवस्थापन गर्ने आफुहरुको योजना रहेको समेत बताए ।

तीन संस्करण देखि चलिरहेको यो प्रतियोगितामा गतबर्षदेखी प्रदेश स्तरमा प्रतिस्पर्धा हुँदै आएको छ । पहिलो संस्करणका रुपमा २०७२ सालमा डोटी उद्योग बाणिज्य संघले जिल्ला स्तरमा प्रतियोगिता आयोजना गरेको थियो । जसको प्रथम पुरस्कार राशी २५ हजार रहेको थियो ।

गतबर्ष प्रदेश स्तरमा आयोजना गरिएको प्रतिस्पर्धामा एक लाख पुरस्कार राशी तोकिएको थियो । जसमा सहभागि टिमहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका खेलाडीहरु भिडेका थिए ।

Loading...