आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालको मध्यम सुरुवात

42

शिव शर्मा चितवन असोज २७ : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको पहिलो खेलमा हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ । हङकङस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको हो । हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए । 

जवाफी ब्याटिङ्ग थालेको नेपालले ताजा अबस्थामा १४ ओभरको खेल साकिर ५१ रन बनाएको छ । नेपालले २ ओटा महत्वपुर्ण विकेट गुमाइसकेको छ । नेपालका ज्ञानेन्द्र मल्ल २१ र सागर पुन ३ रन बनाएर आउट भएका छन् । अहिले पारस खड्का र दिपेन्द्र सिंह एरि क्रिजमा छन । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २ – २ विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो ।

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ । यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।

Loading...