प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने

53

एनपिएल न्यूज – केशबचन्द्र महरा , डोटी असोज २४ : दिपायलमा ‘प्रदेश स्तरीय एकता क्रिकेट कप’को तेस्रो संस्करण आयोजना हुने भएको छ । डोटी उद्योग बाणिज्य संघ र सिवाईएस्टी क्लबको संयूक्त आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजकले मंगलबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराका जानकारी दिएको छ ।

एक लाख प्रथम पुरस्कार राशी रहेको सो प्रतियोगिता असोज २७ गतेबाट शुरु हुने आयोजक डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जनाए । प्रतियोगिताको द्वितिय पुरस्कार राशी ५० हजार तोकिएको छ । साथै प्रतियोगिताका उत्कृष्ठ ३ जना खेलाडीहरुलाई पनि बिधाहरु ५-५ हजारका दरल पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

‘हामीले बिगतमाझैँ यसपल्ट पनि एकता क्रिकेट कप–२०७४’ आयोजना गर्न गैरहेका छौ,’ डोटी उद्योग बाणिज्य संघका अध्यक्ष खड्काले भने,‘बिगतको निरन्तरता र खेलकुदमार्फत रचनात्मक सामाजिक उत्तरदायितव बहन पनि गर्ने हाम्रो उद्देश्य हो ।’

तीन संस्करण देखि चलिरहेको यो प्रतियोगितामा गतबर्षदेखी प्रदेश स्तरमा प्रतिस्पर्धा हुँदै आएको छ । पहिलो संस्करणका रुपमा २०७२ सालमा डोटी उद्योग बाणिज्य संघले जिल्ला स्तरमा प्रतियोगिता आयोजना गरेको थियो । जसको प्रथम पुरस्कार राशी २५ हजार रहेको थियो ।

गतबर्ष प्रदेश स्तरमा आयोजना गरिएको स्पर्धामा एक लाख पुरस्कार राशी तोकिएको थियो । जसमा सहभागि टिमहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका खेलाडीहरु भिडेका थिए ।

यसबर्ष पनि गतबर्ष जस्तै प्रदेश स्तरमा खुल्ला सहभागितामा आधारित प्रतियोगिता आयोजना गर्न लागिएको छ । जसमा ७ नम्बर प्रदेश सबैजिल्लाका टिमहरु सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगी टिममा खेलाडी सहभागितामा समेत बिशेष मापदण्ड तोकिएको छ । टिमको अन्तिम ११ मा ६ जना ७ नम्बर प्रदेशभित्रकै खेलाडीहरु सहभागि अनिवार्य तोकिएको छ । बाकी ५ जना प्रदेश बाहिरका पनि सहभागिता जनाउन सक्ने मापदण्ड तोकिएको आयोजकले जनाएको छ ।

आगमी २७ गते बिहान सम्मका लागि फोनबाट टिम दर्ता गर्न ९८६५९८७४७४ मा सम्पर्क गर्न सकिने आयोजक सवाईएस्टी क्लबका अध्यक्ष रोसन कठायतले जनाकारी दिए ।

Loading...