क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, दश जनाको मृत्यु

47

एनपिएल न्युज काठमाडौं, असोज २४ : अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण डँढेलो लाग्दा दश जनाको मृत्यु भएको छ ।डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।  वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहीन भएका छन् ।डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र युवाका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका छन् । घरमा फसेका थुप्रैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् । (एजेन्सी)

Loading...