माघको पहिलो साता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण शुरू हुने

44

एनपिएल न्युज काठमाडौं, २२ असोज : धनगढी प्रिमियर लिग डीपीएलको दोस्रो संस्करण माघको पहिलो साता हुने तय भएको । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको आयोजना सञ्चालन हुँदै आएको प्रतियोगिताको दोस्रो संस्करणमा माघको पहिलो साता गर्ने तयारी गरिएको आयोजकले बताएको छ । 

सर्वाधिक पुरस्कार राशीको डीपीएलको पहिलो संस्करण गत बर्ष चैतको पहिलो साता धनगढीमा गरिएको थियो । काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको दोस्रो संस्करणको घोषणा तथा मुख्य प्रायोजकसंगको सम्झौताको घोषणा गर्दैछ ।

धनगढीलाई क्रिकेटको शहर बनाउने उद्धेश्यले सुवास शाहीले सुरु गरेको डीपीएलको पहिलो संस्करण भब्यताको साथ सम्पन्न भएको थियो । प्रतियोगिता संयोजक शाहीले दोस्रो संस्करणमा पुरस्कार तथा खेलाडीको सेवा सुविधानमा वृद्धि गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

Loading...