अन्नपुर्ण नेपालको दुग्ध उत्पादन क्षेत्रको ‘ न्युयोर्क’ हो : महानिर्देशक बिमल कुमार निर्मल

83

शिव शर्मा चितवन असोज २१ : नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपि ) मा १३ प्रतिसत कृषि क्षेत्रले ओगटेको नेपाल सरकार पशुपन्क्षि मन्त्रालयका पशु सेवा विभागका महानिर्देशक बिमल कुमार निर्मलले खुलाशा गर्नुभएको छ । भरतपुर ६ केशरबाग स्थित रहेको देशकै प्रतिष्ठित सहकारी अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाको ३४ औ बार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाले जीडीपीको ८ प्रतिशत दुग्ध पदार्थको हिस्सा भएको बताउनु भएको छ । 
कुल बजेटको १ प्रतिशत पनि पशुपक्षि मन्त्रालयमा नआउने हुदा किसानलाई सहुलियतका कुनै कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाले ५ वटा भन्दा बडी पशु पाल्दा आउने अनुदान अबको आर्थीक बर्ष बाट ५ वटा भन्दा कम पाल्ने किसानले पनि पाउने प्रस्ट पार्नुभयो । उहाले पशुपालकलाइ ५ प्रतिसत सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्दता जनाउनु भयो । अन्नपुर्ण दुग्ध उत्पादक सहकारी सस्था नेपालको सबै भन्दा बडी चर्चित नाम भएको भन्दै उहाकै शब्दमा नेपालको न्युवोर्क भदै प्रसंशा गर्नु भयो ।

त्यस्तै कार्यक्रममा अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ तिमिल्सेनाले अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्था नेपाल भरि चर्चित भएको भन्दै यसबाट काम गर्ने हौसला बडेको जिकिर गर्नु भयो । उहाले अन्नपुर्णका दुग्ध उत्पादन बिदेशका बजारमा पनि बेच्ने तयारि भएको बताउनु भयो ।

कार्यक्रममा पूर्व उपाध्यक्ष बोधराज पाठक , पूर्व कार्यसमिति सदस्य पूर्ण प्रसाद प्रसाई , खगराज पाठक , युगकला चापागाईं , पूर्व लेख संयोजक सुर्य बहादुर कुवर पूर्व लेखा सदस्य मित्रलाल चापागाईं , जेस्ठ सेयर सदस्य सोभाखर चापागाईं , प्रेम नाथ भट्ट लिला बल्लभ न्यौपाने लगाएत सम्मानित हुनु भएको थियो ।

Loading...