जेरार्ड पिके विरुद्ध नाराबाजी, फ्यानले मजाक उडाए

61

एनपिएल न्युज असोज २१ : विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा स्पेनका समर्थकले डिफेन्डर जेरार्ड पिके विरुद्ध नाराबाजी गरेका छन् । बार्सिलोनाका खेलाडी पिके क्याटालोनियाको समर्थमा खुलेर लागेकाले उनी विरुद्ध स्पनेका फ्यानाले चर्को स्वरमा नारा लागएका हुन् । पिकेले हरेकपटक बल छुने बित्तिकै स्पेनका समर्थकले उनको मजाक उडाउने र चर्को स्वरमा नारा लगाउने गरेका थिए । 
स्पेनको क्याटालोनियामा स्वतन्त्रताका लागि गएको आइतबार भएको विवादित जनमतसंग्रहको पक्षमा पिके खुलेर लागेका थिए । उनले क्याटालोनियाप्रतिको आफ्नो समर्थनले समस्या आउने भए विश्वकप २०१८ अघि नै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिन सक्ने पनि बताइसकेका छन् । पिकेले विश्वकप छनौट अन्तर्गत आउँदो सोमबार हुने इजरायलसँगको अन्तिम खेल भने खेल्न पाउने छैनन् । अल्बानियाका अ्रम्यानडो साडिकुलाई तानेका कारण दोस्रो हाफमा पिकेले पहेँलो कार्ड पाएका थिए । यसले गर्दा उनले इजरायलसँगको खेल गुमाउने भएका हुन् ।

Loading...