संकटासन्न छात्रालाई शैक्षिक सामग्री वितरण

146

डोटी – सामुदायिक विकास केन्द्र डोटी र दिपायल सिलगढी नगरपालिकाले १२ जना बिद्यार्थी छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । गरिविको रेखामुनी रहेका विचैमा बिद्यालय छोडेका छात्राहरुलाई झोला, पोशाक तथा कापी कलम वितरण गरिएको हो ।


आर्थिक, सामाकि, लैङ्गिक, जातीय लगायतका अन्य कारणले पढ्न नपाएका वा विचैमा बिद्यालय छोड्न बाध्य भएका संकाटन्न परिवारका बालबालिकाहरुलाई दिपायल सिलगढी नगरपालिका अन्तरगत शिक्षा इकाईको पहलमा बिद्यालय भर्ना गराईएको थियो । दिलपेश्वर माध्यमिक बिद्यालय दिपायलमा कक्षा ५ र ७ मा ११ जना छात्राहरु भर्ना गरिएको छ । त्यस्तै वडा नं. ३ बाँफीमा रहेको भागेश्वर आधारभुत बिदालयमा एक जना छात्रा भर्ना गरिएको छ ।
विद्यालय भर्ना भएका ति १२ जना छात्राहरुलाई नगरपालिकाले कापी र कलम उपलब्ध गराएको छ भने सामुदायीक विकास केन्द्र डाटीले विद्यालय पोशाक र झोला उपलब्ध गराएको छ ।
विद्यार्थीहरु शैक्षिक सामग्री र पोशाकको अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक सामग्री र पोशाक वितरण गरिएको दिपायल सिलगढी नगरपालिकाका स्रोत व्यक्ति लक्ष्मीराज ओझा बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...