स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा अङ्गरक्षकबाट हटिन् महिला प्रहरी

7028

कैलाली ८ जेठ
उपसभामुखका स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको छ । सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिश भट्टको यौन प्रस्ताव अस्विकार गर्दा उपसभामुख बडालकी अङ्गरक्षक महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको हो ।


दार्चुलाबाट निर्वाचित उपसभामुखका स्वकीय सचिव पनि दार्चुलाकै बासिन्दा हुन् । उपसभामुखका अङ्गरक्षक पटक–पटक फिरिदै गरेका छन् । कारण स्वकीय सचिवको यौन प्रस्ताव हुन सक्ने पुर्व अंगरक्षकलाई उदृत गर्दै पिडित महिला प्रहरी बताउँछन् ।
गत माघबाट उपसभामुखको अङ्गरक्षकमा कार्यरत पिडित महिला प्रहरीलाई बैशाखमा उनको श्रीमान संगको झगडालाई निहुँ पारेर हटाईएको हो । उनका श्रीमान पनि गत भाद्र उपसभामुखको निवासको सुरक्षाकर्मीका रुपमा कार्यरत छन् । पिडित महिला प्रहरीले आफु र आफ्नो श्रीमान विच सभामुखको निवासमा कहिले पनि झगडा नभएको बताईन् । उनले स्वकीय सचिव भट्टको सल्लाह अनुसार सभामुखले डिआइजीलाई श्रीमान श्रीमतीको झगडा हुने गरेको आरोप लगाएर अङ्गरक्षकबाट हटाइएको बताइन् ।
स्वकीय सचिव भट्टले पटक–पटक फोन म्यासेज तथा फेसबुकको म्यासेन्जरबाट यौन प्रस्ताव राख्ने गरेको पिडितको गुनासो छ । स्वकीय सचिव र सभामुखले अहिले आफन्तलाई अङ्गरक्षक बनाएको पिडित पुर्व अङ्गरक्षकले बताईन् ।
प्रहरीले महिलाका लागि महिला अङ्गरक्षक नै खटाउँने गरेको छ । तर स्वकीय सचिवले महिला प्रहरी माथी यसरि पटक–पटक यौन प्रस्ताव राख्ने गरेपछि महिला अङ्गरक्षकले आफु असुरक्षित महशुस गर्ने गरेका छन् ।
स्वकीय सचिवले ति महिला अङ्गरक्षक लाई पटक–पटक यौन सम्पर्कका लागि राखेको प्रस्तावको स्क्रीनसट बाहिरिएको छ । फेसबुकको म्यासेन्जरमा स्वकीय सचिव भट्टले,‘मलाई तिमि सङ्ग गर्न मन छ बाँकी जान्दैन । मजा लिने हो । भाउजु यता छैन । भाउजुको काम अस्थायी रुपले चलाई देउन यार । धेरै जान्दैन आज जसरी पनि मिलाउ मलाई गर्न मन लागीसक्यो । आज साँझ मिलाउ है । एक दिन लाई फरक पर्दैन । एक घण्टा मात्र जस्ता म्यासेजहरु पठाएको छ ।’
म्यासेजमा ति महिला प्रहरीले बारम्बार हुन्न नाइ भन्दा भन्दै पनि स्वकीय सचिवले पटक–पटक यौन क्रियाकलापका लागि दवाव दिदै आएका छन् । यस विषयमा उपसभामुख संग कुरा गर्दा आफ्नो कार्यालयमा हुँदा त्यो कुरा नउठेको र अहिले त्यसबारे केहि भन्न नसकिने बताइन् । उनले आफुले पनि आज मात्रै त्यस विषयमा जानकारी पाएको बताईन् ।
स्वकीय सचिव भट्टले ति अङ्गरक्षकलाई आफुले म्यासेज नगरेको जिकिर गरे । उनले त्यो म्यासेज आफ्नो मोवाइल कार्यालयमा छोडेको समयमा कसैले गरेको हुन सक्ने बताए ।

 

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...