डोटीमा मुख्यमन्त्रीको चर्को विरोध : कार्यक्रम स्थलमा कालो लुगा समेत निषेध : प्रहरी र शसस्त्रको घेरामा कार्यक्रम हुँदै : काँग्रेसद्वारा कार्यक्रम बहिस्कार

1266

पवन महरा
डोटी ८ जेठ
डोटीमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको चर्को विरोध गरिएको छ । डोटी बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री भट्टका विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गरिएको छ । कार्यक्रम स्थलमा भट्टलाई नाराबाजी सहित कालो झण्डा देखाउने प्रयास गरिएको थियो ।


कार्यक्रम स्थलमा पूर्व स्ववीयु सभापति गणेश बहादुर खड्का लगायत नेवि संघका नेताहरुले,‘मुख्यमन्त्री मुर्दाबाद, डोटी छिर्न पाइदैन, डोटी बिरोधि नेता चाहिँदैन’ जस्ता नाराहरु लगाएका थिए । नाराबाजी लगाउँदा नेवि संघ डोटीका अध्यक्ष समेत रहेका खड्का लाई प्रहरीले मुख थुनेर बल प्रयोग गर्दै क्याम्पसबाट निष्कासन गरेको थियो । क्याम्पसको वार्षिकोत्सव समारोह चलिरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झण्डा देखाउन खोज्दा उनलाई निष्कासन गरिएको प्रहरीले जनाएको छ ।
अन्य प्रदेशमा राजधानी तोक्ने बिषय बिबादका कारण अहिले सम्म घोषणा हुन नसकेको बताउँदै अध्यक्ष खड्काले सुदूरपश्चिमका मुख्यमन्त्रीले पद पाइसके पछि चाँडै प्रदेशको राजधानी कैलालीको गोदावरी बनाउँने निर्णय गरेको बताए । उनले मुख्यमन्त्रीले पद संग डोटीको बर्षौ पुरानो इतिहाँस साटेको आरोप समेत लगाए । उनले भने,‘मुख्यमन्त्रीले चुनावमा राजधानी डोटी तोक्ने भ्रम फैलाउँदै मत मागे, चुनावमा निर्वाचित भैसके पछि राजधानीको माग गर्दै हामि आन्दोलित थियौं । त्यो समय उनी डोटी राजधानी तोकीनु पर्छ भनेर आन्दोलनमा सहभागी भए । धर्नामा सहभागी भए । मुख्यमन्त्री पद पाईसके पछि कैलालीका पक्षमा बहुमत जुटायर पदको प्रलोभनमा डोटी आन्दोलीत भएकै अवस्थामा गोदावरी राजधानी तोके ।’ उनले प्रश्न गरे,‘डोटीका लागि यो भन्दा ठुलो दुस्मन को हुन सक्छ ? आफ्नो आमा पद संग कस्ले वेच्न सक्छ ? डोटेलीलाई यति धेरै अन्याय गरिसके पछि डोटी छिर्न लाज मान्नु पर्दैन ?’
प्रदेशको स्थायी राजधानी कैलाली तोकिए देखि प्रदेश सभामा डोटीका विरुद्ध मत हाल्ने प्रदेश सभा सदस्य, मन्त्री, मुख्यमन्त्री तथा डोटीमा राजधानी राख्नु हुँदैन भनेर धारणा राख्ने नेताहरुको विरोध हुँदै आएको छ । यस अघि डोटीमा नेकपाका नेता लेखराज भट्ट, मन्त्री माया भट्ट, प्रदेश सभा सदस्य अर्चना गहतराज, प्रतिनिधि सभा सदस्य प्रेम आले लगायतका नेताहरुलाई कालो झण्डा देखाइएको थियो । डोटीमा नेकपाका नेता भिम रावल, काँग्रसका सभापती शेरबहादुर देउवा लगायतका नेताहरु विरोध हुँदै आएको छ । डोटीका विरुद्ध मत हाल्ने प्रदेशका मन्त्री, सभासद तथा डोटीका विरुद्ध मत जाहेर गर्ने नेताहरुलाई डोटीमा प्रबेश निषेधको समेत घोषण गरिएको छ ।

कार्यक्रम स्थलमा कालो लुगा समेत निषेध

डोटी बहुमुखी क्याम्पस सिलगढीको सभाहलमा भैरहेको ५९ औं बार्षिकोत्सव कार्यक्रममा कालो , लुगा रुमाल समेत निषेध गरिएको छ । प्रहरीले कार्यक्रममा जाँने अथितिलाई समेत कडा चेक जाँच गरेर कार्यक्रम हलमा प्रवेश गराएको छ । कार्यक्रममा जाने सहभागीहरुले लगाएको कालो लुगा , खल्तीमा भएको कालो रुमाल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


कार्यक्रमका अथिति, सहभागी माथी प्रहरीले गरेको चेकजाँच र लेगा समेत नियन्त्रणमा लिने कामको चर्को विरोध भैरहेको छ । सामाजिक संजाल फेसबुकमा गणेश बहादुर ऐरले लेखेका छन्,‘आज डोटी बहुमुखी क्याम्पसको ५९ औं बार्षिकोत्सवमा जाँदा बाहिरि घेरामा शसस्त्र भित्रि घेरामा नेपाल प्रहरी माननिय त्रीलोचन भट्टको गृह जिल्ला तथा राजनीति क्षेत्रमा उहाँको सुरक्षाका लागि २५० सुरक्षाकर्मी तर दुःखका साथ भन्नुपर्छ प्रतीपक्षी नेपाली काँग्रेसका नेता कार्यकर्ताले कालो झण्डा देखाउँने डरमा अथिति माथी चेकजाँच र स्वयम् मैले लगाएको जाकेट खोलेर पुलिसले खोस्नु राम्रो हो त ?’

मुख्यमन्त्री क्याम्पसको कार्यक्रममा आउँने जानकारी पाएपछि डोटीमा उनको विरोधका लागि हिजो देखि नै तयारी भैरहेको थियो । त्यसको जानकारी पाएपछि प्रशासनले मंगलबार देखि नै डोटीको सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो । दिउँसै डोटी पुग्ने मुख्यमन्त्री विरोध हुने जानकारी पाए पछि राती मात्रै डोटी प्रवेश गरेका थिए ।

प्रहरी र शसस्त्रको घेरामा कार्यक्रम हुँदै

मुख्यमन्त्री भट्टको कार्यक्रम स्थल र वाहिर चर्को विरोध भएपछि कार्यक्रम स्थल क्याम्पस परिसर सुरक्षाकर्मीको घेरामा छ । खुल्ला मैदानमा बाहिरबाट समेत विरोधका नारा लाग्ने अवस्था देखेपछि वार्षिकोत्सव जस्तो कार्यक्रम क्याम्पसको हल भित्र गरिएको छ ।
बाहिरि घेरामा शसस्त्र प्रहरी र भित्र घेरामा नेपाल प्रहरी ठुलो मात्रामा परिचालन गरिएको छ । डोटीका मुख्यबजार तथा सडक क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ । मुख्यमन्त्री भट्टको विरोधमा काँग्रेसका नेता कार्यकर्ता मात्रै नभएर अन्य जनताहरु पनि छन् । जनताबाट निर्वाचित मुख्यमन्त्री गृह जिल्लामा यत्तिका सुरक्षाका विच जनता संग डरायर बस्नु पर्ने अवस्थाको चौतर्फि आलोचना हुँन थालेको छ ।


डोटीमा राती कडा सुरक्षाका विच लुकेर प्रवेश गरेका मुख्यमन्त्री भट्ट राजपुर स्थित साविकको क्षेत्रीय प्रशासन कार्यालयमा बसेका थिए । बिहानै सिलगढी पुगेका उनि शुरक्षाकर्मीको ठुलो घेराबाट कार्यक्रम स्थल प्रवेश गरेका थिए । यो समाचार तयार पार्दा सम्म मुख्यमन्त्री भट्ट कार्यक्रम स्थल मै थिए । उनको सुरक्षाका लागि अहिले पनि सहभागीहरु भित्र बाहिर गर्र्दा चेकजाँचमा कडाई गरिएको छ भने सहभागीको वरिपरि समेत प्रहरी परिचालन गरिएको छ ।
क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खड्कालाई निष्कासन गरिएपछि नेविसंघ सर्मथक विद्यार्थीहरुले विरोध गरेका छन् । कार्यक्रम स्थलमा नेवि संघका विद्यार्थीहरुलाई प्रवेश निषेध गरिएको नेवि संघले जनाएको छ ।

काँग्रेसद्वारा कार्यक्रम बहिस्कार

मुख्यमन्त्री सहभागी उक्त बार्षिकोत्सव कार्यक्रम नेपाली काँग्रस डोटीले बहिस्कार गरेको छ । काँग्रेसले मुख्यमन्त्री तथा प्रदेश मन्त्री सहभागी हुने सबै कार्यक्रमहरु बहिस्कार गर्ने जनाएको छ । जिल्लामा मुख्यमन्त्रीको चर्को विरोध हुँदा हुँदै क्याम्पस प्रमुखले मुख्यमन्त्रीको पाइक पारेर कार्यक्रम आयोजना गरेको भन्दै आपत्ती समेत जनाएको छ ।
नेपाली काँग्रेस डोटीका उपसभापती लक्ष्मण सिंहले एनपिएल न्यूज संग कुरा गर्दै मुख्यमन्त्रीले डोटीको बर्षौ पुरानो इतीहाँस सस्तोमा बिक्रि गरेको आरोप लागाए । उनले डोटेली भाषाको उख्खानलाई उदृत गर्दै भने,‘मेइ जा झिक्कै बाठी, कनिका संग चामल साट्टि त्यस्तै गरि मुख्यमन्त्रीले धेरै बाठो भएर पद संग राजधानी साटेको हो ।’
उपसभापती सिंहले प्रदेश सरकारले जथाभाबी रुपमा कार्यकर्तामुखी बजेट हालेको, एलौटी निर्णय गरेको , प्रदेशका योजनाबाट लाखौ कमिसन खाने गरेको आराम लगाउँदमुख्यमन्त्रीका कुनै पनि कार्यक्रममा नेपालि काँग्रेस सहभागी नहुने बताए । उनले प्रदेश सरकारका गतिबिधि ठिक नभएको, भ्रष्टाचारमा यो प्रदेश सबै भन्दा अगाडी भएको भन्दै नेपालि काँग्रेसले यसको घोर बिरोध गर्ने बताए । आफ्नो गृह जिल्लामा आउँदा समेत यसरी डराउँनु पर्ने अवस्था आउँनुले मुख्यमन्त्रीको नैतिकता माथी प्रश्न उठेको बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...