नेपाल जत्तिको प्रेस स्वतन्त्रता कुनै पनि मुलुकमा छैन :- श्रेष्ठ

115

पवन महरा
डोटी १२ माघ
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नेपाल जत्तिको प्रेस स्वतन्त्रता विश्वका कुनै पनि मुलुकमा नभएको बताएका छन् । प्रेस काउन्सिल नेपालले दिपायलमा आयोजना गरेको पत्रकार आचार संहिता बिषयक प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


विश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहेका श्रेष्ठले विश्वका कुनै पनि मुलुकको संबिधानमा पुर्ण प्रेस स्वतन्त्रता नलेखिएको बताउँदै प्रेस स्वतनत्रता आफैमा पर्याप्त रहेको बताए । ‘प्रेस स्वतन्त्रता आफैमा बलियो छ । नेपालको संविधानमा त्यसमा पुर्ण थपेर झनै बलियो बनाएको छ,’ उनले भने, ‘४६ सालको संबिधानले पनि पत्रकारलाई त्यो भन्दा अगाडीको ३० बर्षिय पञ्चायतकालले नदिएको स्वतन्त्रता दिएको छ ।’ पञ्चायतकालमा पत्रपत्रिका दर्ता ख्यारेज हुने, पत्रकारहरु जेल जानुपर्ने, गालीबेईज्जती मुद्दामा अदालत धाउनुपर्ने, कार्टुन छाप्दा जेल जानुपर्ने, मानहानीको मुद्दा खेप्नुपर्ने लगायतका समस्या रहेको बताउदै उनले २०४६ सालको संविधानले ती कुरा हटाएको बताए । ‘२०६२÷०६३ को अन्तरीम संबिधान र २०७२ को नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रता दिएको छ, जुन नेपाल बाहेक कुनै पनि मुलुकमा छैन’, उनले थपे ।
भारत अमेरिका जस्तो मुलुकमा समेत मिडियाप्रति राज्य र न्यायालय कठोर भएको भन्दै श्रेष्ठले भने,‘०६२÷०६३ सालमा राजा हटाउन आन्दोलन भैरहेका बेला संचारमाध्यमलाई समाचार सम्पे्रषण गर्न पाउँनुपर्छ भन्दै नागरिक समाजाललाई डो¥यायर हिड्ने नेपालको न्यायालयमा प्रेस स्वतन्त्रता कम छैन ।’
उनले पत्रकारहरु अरुभन्दा बढी जिम्मेबार हुनुपर्ने पनि बताए । पत्रकार आचार संहिताको पुर्ण पालना गर्न निर्देशित गरे । ‘आचार संहिता पालन गर्न सिकाउन सजिलो छ तर आफै पालना गरेर देखाउन गाह्रो छ,’ उनले भने,‘यदि ईमानका साथ आचार संहिता पालना गरे पत्रकारमाथी हुने ८० प्रतिशत घटना समस्या आफै कम हुन्छन् ।’ प्रेस काउन्सिल पत्रकारहरुको अदालत भएको भन्दै उनले आफुपनि पत्रकार भएकाले पत्रकारका पिडा बुझेको बताए ।

अदालतबाट फैसला भएका तर कार्यान्वयन नभएका मुद्दाहरुको चिरफाण गर्नुस :- न्यायाधीस

कार्यक्रममा प्रमुख अतिथि रहेका उच्च अदालत दिपायलका मुख्य न्यायाधिस यज्ञप्रसाद बस्यालले अदालतबाट फैसला भएका केही मुद्दाहरु कार्यान्वयन नहुने समस्या रहेको बताए । ‘कतिपय मुद्दाहरु फैसला भएर कागजमा सिमित हुन्छन्,’ उनले भने,‘पत्रकारले यस विषयमा खोजनीति गरेर मिडियामा ल्याउनु प¥यो ।’


अदालत सबैलाई चाहिने तर अदालतको आदेश सबैले नमान्ने सबैले त्यसलाई ‘डिस्अर्डर’ गर्ने भएकाले नैतिक पाठशालामा ह्रास आएको बताउँदै न्यायाधिस बस्यालले पत्रकारले पनि कानुनको घेरामा रहेर आफ्नो आचार संहितामा भित्र रहेर कलम चलाउन आग्रह गरे ।
न्यायाधीस बस्यालले पत्रकार विकासप्रेमी हुनुपर्नेमा जोड दिए । ‘बैदेशीक रोजगारमा जाने युवालाई कसरी रोक्न सकिन्छ ? आर्थिक विकास कसरी गर्न सकिन्छ ? धार्मिक पर्यटकीय विकासका सम्भावना कसरी गर्न सकिन्छ ? जस्ता कुराहरुमा बढी कलमचाउँनु पर्छ,’ उनले भने,‘पत्रकार आचार संहितामा टेकेर नकारात्मक भन्दा सकारात्मक कुराहरुमा कलम बढी चलाउँनु पर्दछ । बिषभन्दा अमृत बढी प्रबाह गर्नु पर्दछ ।’ त्यसो गर्दा समाचार सामग्रीहरु सबै मान्छेहरुले ग्रहण गर्ने र सबैका लागि उपयुक्त र फाइदाजनक हुने उनले बताए ।
उनले उच्चअदालत र पत्रकारको सम्बन्ध पातलो भएको बताए । अदालतमा कैलाली, बझाङ, कञ्चनपुरका बढी मुद्दा पर्ने र डोटीका मुद्दा कमपर्ने भएकाले प्रत्यक्ष सरोकार राख्ने मान्छे सम्बन्धित जिल्लाबाटै आउने भएकाले पनि अदालतसंग पत्रकारको सम्पर्क कम हुने गरेको उनको भनाइ थियो ।
न्यायधीस बस्यालले संघियताले मिडियालाई चौथो अङ्ग भएको पुष्टी गरेको बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारलाई बाटोमा ल्याउँने चौथो अङ्ग पत्रकारीता भएकाले यस अघि भनिदै आएको चौंथो अङ्ग अहिले मात्रै संघियताले पुष्टि गरेको उनको भनाइ थियो ।
पत्रकार महासंघ डोटीको संयोजनमा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा
पत्रकार, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनीधि, न्यायालय तथा सुरक्षाकर्मीका प्रमुख तथा प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
सुदूरपश्चिम प्रदेश भित्रका ९ वटै जिल्लाका ५० जना पत्रकारहरुको सहभागिता रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेपाल प्रेस इन्स्टिच्यूटका कार्यक्रम संयोजक कपिल काफ्ले, प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा र खिल ब. भण्डारीले प्रशिक्षण गरेका थिए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...