राजधानी लुटिएको वर्षदिन !

248

पवन महरा
डोटी ३ माघ
२०७४ माघ ३ गते दिपायलबासी सबैको ध्यान सिंहदरबारतर्फ केन्द्रीत थियो । सिंहदरबारले त्यो दिन, दिपायलको ईतिहास ‘कायम राख्ने’ वा ‘मेटाउने’ त्यसको फैसला सुनाउदै थियो । लगालग मन्त्रीपरिषद्का बैठक बसिरहेको खबर आइरहेका थिए । दिपायलबासीको मुटु तेज धड्किरहेको थियो । संघीयताको बहस शुरु भएसंगै दिपायलबासीलाई एउटा ‘शंसय’ले गाँजेको थियो । शताब्दीऔँदेखी रहदैआएको ‘सुदूरपश्चिमको राजनीतिक÷प्रशासनिक केन्द्र–दिपायल’ रहन्न’की !
तराईको जनसंख्या आकर्षण र विकासको तीब्र गतिले धनगढीलाई दिपायलको तुलनामा निकै विकसित स्वरुपमा पु¥याइसकेको थियो । कर्मचारी, नेता सबैको आकर्षणपनि उतै बढेको थियो । यसैकारण दिपायलमा रहनुपर्ने क्षेत्रीय सदरमूकामका संरचनाहरुपनि केही पहिलेदेखी नै धनगढीमा स्थापित थिए । नेता र कर्मचारी मात्रै होईन अधिकांश जनतामा पनि तराईप्रतिको ‘मोह’ थियो । यीनै कारण दिपायल ओझेल पर्नसक्ने आशंका दिपायलबासीको थियो ।
त्यही डरले दिपायलबासी लामोसमयदेखी राजधानीको आवाज उठाउदै आएका थिए । २०७४ माघ ३ गतेताका पनि २२ दिनदेखी निरन्तर आन्दोलन भइरहेको थियो । पहिले रचनात्मक ढंगबाट शुरुभएको आन्दोलन पुस १९ गतेदेखी ‘आमहड्ताल’मा परिणत भएको थियो ।
सिंहदरबारले दिपायबासीको शंसय सत्य साबित गरिदियो । ७ नम्बर प्रदेशको ‘अस्थायी मूकाम’ धनगढी तोकिदियो । साँझ आएको निर्णयपछि दिपायल तनावग्रस्त बन्यो । प्रहरी र आन्दोलनकारीहरु बिच मुडभेटसम्म भयो ।

‘ऐतिहासिक अन्याय’ भएको दिन

गणतन्त्र माग्दै देशव्यापी चर्किएको जनआन्दोलन २०६२÷०६३ अन्तर्गत डोटीमा भैरहेको आन्दोलनको अग्रमोर्चामा थिए नेपाली कांग्रेस डोटीका यूबा नेता बिजय खड्का । उनले ‘जनतालाई सर्वाधिकार सम्पन्न पार्ने’ आन्दोलनका रुपमा बुझेका थिए त्यो आन्दोललाई । त्यसैले प्रखर बक्ताको छवी बनाउदै उनी गणतन्त्रका पक्षमा ‘गगनभेदी’ नारा घन्काउदै लागेका थिए ।


गणतन्त्रका लागि यसरी लडेका उनलाई ‘ऐतिहासिक अन्याय’ लाग्यो । ‘कल्पना गरेको थिएन् । यतिठुलो अन्याय हुन्छ भनेर,’ भावुक हुँदै उनले भने,‘तर, भयो । ईतिहासले, निरंकुश राणा, पञ्चायतले समेत दिएको जायज अधिकार गणतन्त्रले खोस्यो ।’
सरकारको त्यो निर्णयले उनीजस्तै अधिकांश दिपायलबासी स्तब्ध बने । ‘शंका अबश्य गरेका थियौ, तर बिश्वास थिएन । यस्तो निर्णयको,’ दिपायलमा राजधानी माग्दै लामो समयदेखी भैरहेको आन्दोलनको नेतृत्व गरेका डोटी उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष नरेन्द्र खड्काले भने,‘अरुलाई अधिकार दिएको गणतन्त्रले हाम्रो अधिकार खोस्यो ।’
शक्तिशाली जुम्ला(खस) राज्यसंग छुट्टीएर निरयपालले डोटीलाई छुट्टै राज्यको रुपमा स्थापित गर्दादेखी नै डोटी यसक्षेत्रको केन्द्र रहदै आएको छ । जसले यस क्षेत्रको भाषिक, सांस्कृतिक, सामाजिक चेतना, सभ्यता लगायतको पनि अगुवाई डोटीले गर्दै आएको छ । राणाशासनकालमा देशभरीकै चार ओटा ‘प्रशासनिक गौणा’ मध्ये पश्चिमको प्रशासन हेर्ने डोटी गौणा नै थियो । पञ्चायतकालमा बिभाजन गरिएका पाँच बिकास क्षेत्रमध्ये सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमूकाम दिपायल नै थियो ।
यी सबै कालखण्डमा दिपायल ‘राजधानी’ नै रहेको यहाँका बासिन्दाको तर्क छ । सरकारको त्यो निर्णयलाई ‘राजधानी खोसिएको’ रुपमा परिभाषित गरिरहेका छन् । नेपाली कांग्रेस डोटीका पूर्ब उपसभापति रामप्रसाद उपाध्याय भन्छन,‘राजधानी हिजोदेखी नै दिपायल थियो । भाषा र कामकाज मात्रै फरक हो । त्यो निर्णयले ईतिहासकै ठुलो अन्याय हामीलाई भएको छ ।’

स्थायी राजधानी गोदावरी

२०७४ माघ ३ गते तत्कालिन सरकारले प्रदेशको ‘अस्थायी मूकाम’ धनगढी तोकेपछि आन्दोलन केहीदिन चलिरह्यो । डोटीबासीको अन्तिम चाहना अस्थायी मुकाम थिएन । स्थायी राजधानी बनाउनु थियो । जुन संविधानतः प्रदेश सभाको दुईतिहाई बहुमतले निर्णय गर्नुपर्ने व्यबस्था थियो । जसका लागि डोटीबासीले रणनीति फेरे–प्रदेश सभाका सांसदहरुलाई ‘रिझाउने’ । त्यसका लागि डोटीमै हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोगको रणनीति’ लिए । निर्वाचनमा मतदान गर्न सबै प्रदेश सभाका सांसद डोटी आए । उनीहरुलाई भव्य स्वागत गरियो । साथै सम्मानका साथ आफ्नो मागपत्र पेश गरियो ।
डोटीबासीको त्यो प्रयासपनि असफल भएको छ । २०७५ असोज १२ गतेको प्रदेश सभा बैठकले कैलालीको गोदावरीलाई प्रदेशको स्थायी राजधानी तोकिदिएको छ ।

‘कालोदिन’ मनाउनुपर्ने तर्क

नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश सदस्य प्रेमबहादुर शाहले केहीदिनअघि फेसबुकमा एउटा स्टाटसमार्फत माघ ३ गते र असोज १२ गतेलाई ‘कालोदिन’ मनाउन आह्वान गरे । उनले लेखे,‘आदरणीय, डोटेली दाजुभाई तथा दिदीबहिनीहरू, डोटीको ईतिहास मेटाउने कुचेष्टा गरेका दिन माघ ३ र असोज १२ गतेलाई कालो दिवस मनाऔं ।’ उनले यसका लागि राजनीतिक दललाई समेत ध्यानाकर्षण गर्दै अगाडी लेखेका छन्,‘हिम्मत छ, भने राजनैतिक दलले अगुवाई गर्नुप¥यो ।’
डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले आफ्नो ‘प्रोफाईल फोटो’ मै कालोदिन भनेर पोष्ट्याएका छन् । कालो आवरणमा उनले ‘डोटेली ईतिहासको कालो दिन माघ ३’ भनेर तस्विर राखेका छन् । उनीहरुजस्तै अधिकांश डोटेलीहरु माघ ३ र असोज १२ लाई डोटीमा कालोदिन मनाउन आह्वान गरिरहेका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...