गाउँपालिकाले एम्बुलेन्समा राजनीति गरेको भन्दै सामाजिक संजालमा चर्को बिरोध

731

पवन महरा
डोटी पौष २३
दाताले प्रदान गरेको एम्बुलेन्समा जोरायल गाउँपालिकाले राजनीति गरेको भन्दै सामाजिक संजालमा चर्को बिरोध भएको छ । सामाजिक संजाल प्रयोग कर्ताले जोरायल गाउँपालिकामा संयुक्त राज्य अमेरिकामा सक्रिय ‘आमा फाउण्डेशन नेपालले केहीदिनअघि प्रदान गरेको एम्बुलेन्स राजनीतिक ‘दाउपेच’का कारण विवादित बनाईएको अभिव्यक्ति दिएका छन् ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले आफ्नो पहलमा डोटी दुई वटा गाउँपालिकालाइ एम्बुलेन्स प्रदान गरेको दाबी गरेका छन् । एम्बुलेन्स बितरमा विष्ट आफै उपस्थित थिए ।
एम्बुलेन्सको बाहिरपट्टी ‘नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्री आनन्द बिष्ट ज्यूको पहलमा आमा फाउण्डेशन नेपालमार्फत (गौरीराज जोशी)द्वारा जोरायल गाउँपालिकालाई प्रदान गरिएको’ उल्लेख छ । सोही कुरालाई विवादको ‘जरो’ बनाइएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सो कुरामा आपत्ती जनाएपछि विवाद देखिएको हो । ‘संस्थागत कुरामा व्यक्तीको नाम कहाँबाट आयो ?,’ गाउँपालिकाका अध्यक्ष ओझाले भने,‘हाम्रो गाउँपालिकाको सिफारिसमा एम्बुलेन्स आएको हो । भन्सार छुटका लागि हामीले सिफारिस गरेका छौ । नत्र उहाँले पुरै रकममा एम्बुलेन्स ल्याउनुपथ्र्यो नि ।’ अध्यक्ष ओझा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । एम्बुलेन्स नेपाल सरकारको भन्सार छुट सहित ११ लाखमा आएको जनाइएको छ ।
एम्बुलेन्समा पार्टी र ब्यक्तीको नाम उल्लेख गरेर ‘राजनीतिकरण गरिएको गाउँपालिका अध्यक्ष पक्षधरहरुको तर्क छ । उनीहरुले ‘भन्सार छुटका लागि गाउँपालिकाले सिफारिस दिनुपर्ने नाम व्यक्तीको हुने’ भनेर टिप्पणी गरिरहेका छन् ।
उता नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टले पहलकर्ताको नाम र प्रदान गर्ने संस्थाको नाम उल्लेख गर्नु सामान्य भएको बताए । ‘पहल गर्ने र प्रदान गर्नेको नाम उल्लेख हुनु सामान्य कुरा त हो नी । मैले चुनाव प्रचारका दौरानमा एम्बुलेन्स ल्याउछु भनेर भनेको थिए । त्यो पुरा गरे,’ उनले भने,‘गाउँपालिकाको अध्यक्ष कुनै एउटा पार्टीको हुदैनन् । एम्बुलेन्स उहाँको सम्पत्ती हो, राजनीतिक दाउपेचको स्टण्ट देखाउनु हुदैन् ।’
पुस १३ गते भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओझा आफुलाई प्रमुख अथिति नबनाएको भन्दै असन्तुष्ट पनि रहेको बताइएको छ । कार्यक्रमको आयोजना जोरायलको प्राथमिक स्वास्थ्य केन्द्रले गरेको थियो । प्रमुख अथिति केन्द्रीय सदस्य बिष्टलाई बनाइएको थियो । सोही कार्यक्रममा केन्द्रीय सदस्य विष्टले एम्बुलेन्सको चाबी जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिर भण्डारीलाई हस्तान्तरण गरेका थिए । सोही कुरामा असन्तुष्ट भएपछि विवाद निकालेको नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरु बताउछन् ।
विवादित बनाइएपछि एम्बुलेन्स प्रयोगमा ल्याइएको छैन् । उल्टो गाउँपालिकाका अध्यक्षले त्यो एम्बुलेन्सको साँटो आफ्नै लगानीमा अर्काे ल्याएर सञ्चालन गर्ने बताइरहेका छन् ।
तर सामाजिक संजाल प्रयोग कर्ताले भने गाउँपालिकाले प्रतिपक्षि पार्टीका नेता लोकप्रिय हुन्छन् भनेर जनतालाई सेवाबाट वञ्चित गर्न खोजेको आरोप लागएका छन् । एम्बुलेन्समा पहल गर्ने र प्रदान गर्ने दाताको नाम लेखिदैमा एम्बुलेन्स चल्न नपाउँने होइन सो एम्बुलेन्सले पनि सेवा नै दिने हो । गाउँपालिकाले त्यसैमा अनेक बखेडा झिकेर जनतालाई सेवा वाट टाढा राख्नु राम्रो होइन जस्ता अभिव्यक्ति सामाजिक संजालमा भेटिन्छन् । कतिपय सामाजिक संजाल प्रयोग कर्ताले त एम्बुलेनस बितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रमुख अथिति बन्न नपाएकै झोकमा बिरोध गरिरहेको कुरा उल्लेख गरेको छ ।
आफ्नो फेसबुकको वालमा नेबि संघ डोटीका नेता तथा जोरायल गाउँपालिकाका बासिन्दा लक्ष्मण देउवाले गाउँपालिकाका अध्यक्षलाई प्रमुख अथिति नबनाउँदा विवादित बनाईएको उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘जोरायल गाउँपालिकाका अध्यक्ष ज्यूलाई प्रमुख अथिति नबनाउँदा यो एम्बुलेन्समा विवाद ल्याइयो । काम ठुलो होकी पद ठुलो हो ? अध्यक्ष ज्यू, जनताले तपाइलाई गाउँठाउँको विकास गर्लान भनेर चुनेर पठाएका हुन् की पार्टिको राजनीति गर्न पठाएका हुन् ?’
जोरायल गाउँपालिका कै सुजल मल्लले एम्बुलेन्स विवादलाई राजनीतिक पुर्वाग्रही भनेका छन् । उनले आफ्नो फेसवुकमा यस्तो लेखेका छन्,‘ दिसिनपाकी मेयरको नगरबस विवाद र जोरायल गाउँपालिका अध्यक्षको एम्बुलेन्स बिवाद प्रकरण राजनीतिक पुर्वाग्रही रुपमा हेरीएका छन् । जनताको सेवा र सुविधाको लागि यस्ता संवेदनशिल क्षेत्रहरुमा गरिएको लगानीको उच्च सम्मान र कदर गर्नुको साटो विवादित बनाउँनु उनिहरुको असक्षमता र घृणित कार्यको घोर बिरोध गर्दछु ।’


यसैगरी राकेश मल्ल ठकुरीले आफ्नो फेसबुकमा लेखेका छन्,‘आफुले नगर्ने भए अरुले गरिदिएको सेवामा किन हस्तक्षप महासय ? त्यो एम्बुलेन्समा तिमिहरुको नाम लेखिएको भए खुशी हुने थियौ होला । सक्छौ भने आफु गरेर देखाउ, सक्दैनौ भने आँखा नलगाउ ।’


त्यस्तै सामाजिक संजालकर्ता पुष्कर साउँदले एम्बुलेन्सकै बिषयमा बाँदरले न आफ्नो घर बनाउँछ , न अर्काको हुनदिन्छ भनेर बिरोध गरेकाछन् ।


श्याम खडायतले न आफु गर्छन न अरुलाई गर्न दिन्छन् यार । जे छ ठिक छ । आफ्नो बेजत आफै गर्छन । चुनाव जीतेको यति भैसक्यो खै त के छ विकासको उपलब्धि । यस्तै कुरा गर्छन र त विकास हुन नसकेको हाम्रो ठाउँको भनेर गाउँपालिकाका जनप्रतिनीधिलाई अंकित गर्दै लेखेका छन् ।
घण्टेश्वर क्याम्पस जोराय गाउँपालिकाका स्ववियू सभापति जितेन्द्र बोहरा (जीवन) ले सकारात्मक रुपमा हेर्नु पर्छ अब अध्यक्ष ज्यू,को नि एम्बुलेन्स आउँछ । तर गापाको रकमले होइन ब्यक्तिगत लगानिमा भनेर आफ्नो फेसबुमा लेखेका छन् ।

नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउँदले आफ्नो फेसबुक वालमा लेखेका छन्,‘जोरायल गाउँपालिकालाई होकि गाउँपालिकाका अध्यक्षलाई हो विपक्ष दलका नेताको पहलमा आम फाउण्डेसनले दिएको एम्बुलेन्स अपच भएको ? यसरी जनतालाई सेवा होला भनेर दिएको एम्बुलेन्समा गाउँपालिकाले राजनीति गर्न खोज्नु उपयुक्त नहोला कि ?’

सामाजिक संजालका यि प्रतिनिधि बिरोधका आवाज हुन् । जोरायल गाउँपालिकालाई प्रदान गरिएको उक्त एम्बुलेन्सले सामाजिक संजालमा निकै चर्चा पाएको छ । धेरै ब्यक्तिले एम्बुलेन्समा गाउँपालिकाले उव्जाएको विवादको चर्को बिरोध गरेको भेटीन्छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...