धुम्रपान मद्यपानको लत छोडेर बिमा गर्न धुर्मुस–सुन्तलीको आग्रह

322

पवन महरा
डोटी २१ पुष
हाँस्से कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीले धुम्रपान मध्यपान गर्न छोडेर बिमा गर्न आग्रह गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी डोटी शाखाले शनिवार दिपायलमा आयोजना गरेको बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा वोल्दै यस्तो आग्रह गरेका हुन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जान घिमेरे (सुन्तलीले) सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् । सोहि कार्यक्रम अन्तरगत धुर्मुसको जोडी शुक्रबार दिपायल पुगेको हो । धुर्मुस–सुन्तली फाउण्डेसन मार्फत समाजिक क्षेत्रमा ठुलो टेवा पु¥याउँदै आएको उक्त जोडीले सुदूरपश्चिममा पनि जनता भित्र धेरै पिडा र समस्या रहेको भन्दै आगामि दिनमा यहाँका जनताले साथ दिए अन्य ठाउँ जस्तै सुदूरपश्चिममा पनि सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
कार्यक्रमा बौल्दै कुन्जान घिमेरे (सुन्तलीले) जाँड, रक्सी, गुट्का, खैनी चुरोट जस्ता माद्यक पदार्थ सवेन गर्ने पैंसा बचत गरेर आफु लगायत सन्तानको बिमा गरेर सुन्दर भविष्य बनाउन सकिने बताइन् । उनले भनिन्,‘बिमा आफैमा राम्रो काम हो । यो सबैले गर्न आवस्यक छ । त्यसमा पनि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले बिमाका विभिन्न प्रकार छुट्याएको छ । छानी छानी आफुलाई आवश्यक, आफ्नो क्षमता अनुसारको बिमा गर्न सकिन्छ । तसर्थ बिमामा सन नेेेेपाल लाइफ छानौ र सुन्दर भविष्यको निर्माण गरौं ।’
कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जान घिमेरे (सुन्तलीले) ब्यांग्यात्मक शैलीमा जीवन सुरक्षाको लागि जीवन विमा गर्न सबैलाई आग्रह गर्नुभयो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका महाप्रवन्धक कमलराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासि, शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशि, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको समापनमा बोल्दै कम्पनीका महाप्रवन्धक गौतमले सुन्दर भविष्य निर्माणको लागि सवै भन्दा भरपर्दो बिमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको दावि गर्नुभयो ।


कार्यक्रममा शन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको थियो । अहिले शन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखामा २ सय जनाले बिमा गरिसकेको शाखाका प्रमुख गणेश कठायतले बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...