शिखर नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल बिजयी

152

केशबचन्द्र महरा , असार १५ डोटी
शिखर नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका खडक बहादुर शाहि ६३३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्र बहादुर शाहिले ४०३ ल्याउनुभयो । दलित महिला सदस्य, महिला सदस्य र दुईजना खुलासदस्य समेत नोपाली कांग्रेसबाट विजयी हुनुभयाको छ । सो वर्डामा १४ सय ५ मत खसेको थियो । सो गाउँपालिकाको अहिले वडा नं २ र ११ को मतगणना भइरहेको छ ।
शिखर नगरपालिकामा प्रमुखमा काँग्रेसका सिताराम जोशिले ६१९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा काँग्रेसकि धौलीदेवि रावलले ६३६ मत प्राप्त गरेको छ । एमालेबाट प्रमुखमा शेर बहादुर मल्लले ४५१ र उपप्रमुखमा राधिका बोहराले ४०६ मत प्राप्त गरेको छ ।

 

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...