यसरी भर्नुहोस लाइसेन्सका लागि अनलाइन फारम

104

एनपीएल न्यूज १० पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र -लाइसेन्स)का लागि अनलाइन फारम सेवाको शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार उद्घाटन गरेेको यािे सेवा औपचारिक रुपमा भने भोलिबाट सुरु हुनेछ ।
तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि लाइसेन्ल लिन चाहनेले मात्र उपभोग गर्न सक्नेछन् । यातायात व्यवस्था विभागका अनुसार दुईपांग्रे -मोटरसाइकल, स्कुटर र मोपेड)का लागि मात्र अनलाइन दरखास्त दिन सकिनेछ ।
जबकी विभागले पाँच समूहको लाइसेन्स दिन्छ । ख, ग, घ र ङ वर्गको सवारीका लागि लाइसेन्स लिन चाहनेले भने अनलाइन फारम भर्न सक्ने छैनन् । ‘ख’ वर्गमा कार, जीप र डेलिभरी भ्यान पर्छ भने ‘ग’मा टेम्पो र अटोरिक्सा, ‘घ’मा पावर टिलर र ‘ङ’मा ट्याक्टर पर्छ ।
साथै एक दिनमा ५ सयले मात्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । र, अनलाइन फारम भर्नेहरुले बाग्मती अञ्चल कार्यालय एकान्तकुनामा मात्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

लाइसेन्सका लागि अनलाइन फारम दरखास्त दिन तलको  online-manual मा क्लिक गर्नुहोस !!

Online-Manual

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...