बिद्यालय शान्ति क्षेत्र घोषणा घोषणामै सिमित , पर्वतको शालिग्राम माविमा आगजनी

88

एनपीएल न्यूज पर्वत पूस १० दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा गएराति अज्ञात व्यक्तिको समूहलेआगजनी गरेका छन् ।
आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ । आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिनुभयो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...