ब्रेकिंग न्यूज: भारी बर्षाको कारण दमक वार्ड ४ मा “तीन घर जोखिमपूर्ण अवस्थामा”

एनपिएल न्यूज, २०७६, असार २७ गते, शुक्रवार – दमक, झापा: दमक नगरपालिका वार्ड नं. ४, स्थित “जनचेतना टोल विकाश” मा गत चार दिन देखीको लगातार भारी बर्षाको कारणले त्यहाँ रहेका तीन घर जोखिमपूर्ण अवस्थामा रहेका छन्।

फाइल फोटो १: © एनपिएल न्यूज

सोही टोलका स्थानीय बासिन्दा भुपाल सिटौला, गंगा बहादुर गुरुङ र सागर सिटौला को घरहरु पुरै जलमग्न भई डुबानमा परेका छन् ।

दमक नगरपालिका वार्ड नं. ४ का जनचेतना टोल विकाश अध्यक्ष देवी प्रसाद रेग्मी निरीक्षण गर्दै ..! फोटो: © एनपिएल न्यूज

यसै क्रममा, सोही वार्डका जनचेतना टोलका अध्यक्ष श्री देवी प्रसाद रेग्मी ज्यू आएर निरीक्षण गर्नु भएको छ । र वहाँको त्यो निरीक्षण पश्चात भन्नुहुन्छ, यो कुरा दमक नगरपालिका वार्ड नं. ४ का अध्यक्ष “श्री कुमार सुब्बा” लाई पनि ध्यानाकर्षण गराउने कुरा ब्यक्त गर्नु भएको छ ।

यस अघि पनि एक भेलाको क्रममा दमक नगरपालिका वार्ड नं ४ का नेकपा एमालेका स्थानिय कार्यकर्ता एवम् पूर्व वार्ड सदस्य “श्री झस राज ढकाल” ज्यू  एवम् यसै नगरपालिका वार्ड अध्यक्ष सहित आएर यस विषयलाई दमक नगरपालिका कार्यालयमा निवेदन दिने र चाडैनै समस्या सुल्झाउने कुरा ब्यक्त गर्नु भएको थियो ।